लोड हुँदैछ...

मेनु

विकास योजना मार्फत नेपाललाई विश्वासमा लिनुपर्ने भारतका पूर्व विदेश सचिवको सुझाव

विकास योजना मार्फत नेपाललाई विश्वासमा लिनुपर्ने भारतका पूर्व विदेश सचिवको सुझाव

विराटनगर । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय कुटनीतिक क्षेत्रका जानकार र पूर्व अधिकारीहरुको प्रतिकृया आउन थालेको छ । नेपालको तर्फबाट नयाँ नक्सा तयार पारेको र त्यसलाई प्रकाशन गर्ने अन्तिम गृहकार्य भइरहेको विषयमा उनीहरुले प्रारम्भिक प्रतिकृया दिएका हुन् ।

नेपालले नयाँ नक्सा जारी गर्नुको पछाडि चीन सरकारको बलियो साथ रहेको आशंका भारतीय अधिकारीहरुले गरेका छन् । पछिल्लो समय नेपाल चीनको नजिक पुगेको र भारतसँगको पुरानो मित्रताबाट केही पछि हटेको उनीहरुले गरेका छन् । नेपाल भारतबीचको ऐतिहासिक सम्वन्धलाई टुट्न दिन नहुने र त्यसका लागि समझदारी बढाउन पहल थाल्नुपर्ने सुझाव पनि उनीहरुले दिएका छन् ।

नेपालका कम्युनिष्टहरु आवश्यक पर्दा चीनले जस्तोसुकै सहयोग गर्छ भन्ने विश्वासमा रहेको भन्दै भारतले नेपाललाई विश्वासमा लिनुपर्ने पूर्व विदेश सचिव शशांकले बताएका छन् । उनी भन्छन् ‘भारतको कमजोर डेलिभरीको फाइदा पछिल्लो समय चीनले उठाइरहेको छ र हामीले अझ धेरै सहजतापूर्वक नेपालमा डेलिभरी बढाउन जरुरी छ ।’

पूर्व विदेश सचिव शशांकले कालापानी नदीको आसपासको क्षेत्र सदैव भारतकै रहेको बारेमा नेपाललाई सम्झाउनु पर्ने र भारतले पुरानो कुनैपनि समझदारी नतोडेको पनि बताएका छन् । उनी भन्छन् ‘नेपाल को समझाना चाहिए कि कालापानी के इलाके में भारत ने किसी सहमति को नही तोड़ा है। कालापानी नदी का किनारे का इलाका हमेशा भारत के पास रहा है। दोनो देश इस मुद्दे पर लगातार बातचीत करते रहे हैं।’ कालापानीको मुद्दामा लामो समयदेखि लगातार कुरा भइरहेको भन्दै उनले चीनले भारतमाथि दवाव विस्तार गर्दै गइरहेकोप्रति सचेत रहनुपर्ने बताएका छन् ।

विकास योजना बढाउन सुझाव

भारतका पूर्व विशिष्ट अधिकारीहरुले नेपालमा विकास योजना थप गर्न र नेपाललाई उत्तरी छिमेकी चीनसँग नजिकिनबाट रोक्नुपर्ने सुझाव पनि दिएका छन् । पूर्व सचिव शशांक चीनले नेपालसम्म रेल विस्तारको योजना अगाडि सारेको सन्दर्भमा भारतले थुप्रै विकासका योजनाहरु नेपाललाई दिनुपर्छ र आफुतर्फ आकर्षित गर्नुपर्छ । ती योजनाहरु समयमै सम्पन्न गरेर विश्वास आर्जन गर्ने तर्फ प्रयास बढाउनु पर्ने उनको सुझाव छ । उनले आवश्यक परेको खण्डमा भारतले नेपालसँग बढे भाइको भूमिका पनि खेल्नुपर्ने बताएका छन् ।

एसडि मुनी भन्छन् –नेपाल उत्तेजनामा आयो

नेपाल मामिलाका जानकार भारतीय अवकाशप्राप्त प्राध्यापक एसडी मुनीले नेपाल सरकारले ‘उत्तेजनामा’ आएर नक्सा जारी गर्ने काम गरेको प्रतिकृया दिएका छन् । केही दिन अघिसम्म भारतले नेपालसँग वार्तामा बस्नु पर्ने र नेपालको सरोकार सुनेर सहमति कायम गर्नुपर्ने बताउदै आएका मुनीले भारतले नक्सा जारी गरेपछि उत्पन्न तनाव नेपालको पछिल्लो कदमले समाधान हुनुको साटो आगोमा घ्यु थप्ने काम मात्र भएको बताएका छन् ।

प्राध्यापक मुनीले भनेकाछन् ,‘नेपाल उत्तेजनामा आयो र जनताको दबावमा आएर त्यस्तो निर्णय गरेको हो । सुगौली सन्धि भएको दुई सय वर्षसम्म त सरकार चुप थियो ।’ उनका भनाइमा नेपाल र भारतबीच सिमाना निर्क्यौल गर्दा सुस्ता र कालापानी क्षेत्रमा विवाद रहेको र त्यसलाई यथास्थितिमा राख्ने ‘स्टेटशको’ अवधारणा स्वीकार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।