विराटनगर । कोभिड १९ मा सबैभन्दा राम्रो प्रदेश नं. १ समाजिक विकास मन्त्रालयले गरेको छ । नेपालमा सबैभन्दा पहिले प्रदेश १ ले छुट्टै अस्पताल सञ्चालन गर्यो । अहिले सबैभन्दा बढी बिरामी हेर्दैछ । टेष्ट पनि सबैभन्दा बढी गरेको छ । मन्त्री जीवन घिमिरे धेरै ब्यस्त हुनुहुन्छ र प्राविधिकहरुलाई उच्च मूल्यांकन गर्दै विज्ञहरुको परिचालन र सल्लाहमा अगाडि बढ्नुभएको छ ।
कोशी कोभिड अस्पतालमा सेवा दिँदै गरेका चिकित्सक डा. दिपक सिग्देलले प्रदेश सरकारले गरेको उपचारको व्यवस्था एकदमै राम्रो रहेको बताउनु भयो । ‘प्रदेशको कोरोना उपचार सेवा धेरै राम्रो छ, प्रदेश सरकारलाई नै यसको श्रेय दिनुपर्छ, अस्पताल निर्माण सुरु भएको पहिलो दिनदेखि नै म त्यहाँ सहभागी भएको छु, प्रदेश सरकारले एकदमै राम्रो प्लानिङ गरेको छ । व्यवस्थापनको जिम्मा पनि सामाजिक विकास मन्त्रालयले गरेको छ, व्यवस्थापनको पाटोृ पनि राम्रो छ ।’
डाक्टर सिग्देलले प्रदेश १ मा बाहेक अन्य प्रदेशमा यस किसिमको काम गर्न नसकेको दाबी पनि गर्नुभयो । ‘अहिले विराटनगरको कोभिड–१९ अस्पतालमा ५० जना भन्दा बढी बिरामी आए भने विपीमा पठाउने, त्यहाँ १०० बेडको व्यवस्था छ । मेचीमा ५० बेड बन्दैछ,’ उहाँले भन्नुभयो, ‘यो कन्सेप्ट नै राम्रो छ । हामी सबैको सहयोग छ ।’
डाक्टर सिग्देलले अहिलेकै अवस्थामा बिरामीको चाप बढेपनि २/४ सयको उपचार व्यवस्थापन गर्ने विषयमा प्रदेश सरकारले सक्ने देखिएको दाबी गर्नुभयो । अस्पतालमा सुरुमा २४ जना स्वास्थ्यकर्मीले ७ दिन काम गरे । त्यसपछि उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखियो, फेरि ७ दिन होम क्वारेन्टाइनमा राख्दा जनशक्तिको व्यवस्थापनमा अलिक समस्या आउन सक्ने सिग्देलको भनाइ छ । ‘अहिलेकै अवस्थामा चाहिं हामीले व्यवस्थापन गर्न सकिने अवस्था छ, बिरामीको चाप अत्याधिक बढ्यो भने बेग्लै कुरा हो ।’
‘कोरोनाको बिरामीको उपचारमा संलग्न २४ जना स्वास्थ्यकर्मीको स्वाब परीक्षण गर्दा सबैको नेगेटिभ आयो, यो कुरा एकदमै राम्रो कुरा हो,’ डाक्टर सिग्देलले भन्नुभयो, ‘यसले अन्य स्वास्थ्यकर्मीलाई काम गर्नका लागि उत्प्रेरणा मिलेको छ भने स्वास्थ्यकर्मीको सुरक्षामा पनि उत्तिकै ध्यान दिइएको छ भन्ने उदाहरण प्रदेश १ सरकारले देखाएको छ ।’
‘मन्त्रालयको करिब आधा दर्जन मिटिङमा मेरो नि सहभागिता रहेको थियो । सिमीत श्रोत र साधनलाई राम्रो ब्यवस्थापन गर्न आपूर्ति शाखा, संघीय सरकार अन्तर्गत रहेको कोशी अस्पतालको सदुपयोग, निजी क्षेत्रका विज्ञहरूको पनि सहयोग लिँदै कोभिड नियन्त्रणमा धेरै उत्कृष्ट काम भएको छ,’ डाक्टर बालकृष्ण साहले भन्नुभयो, ‘प्रदेश नं १ मा मात्रै ३ वटा सेन्टर छ पिसिआर परीक्षणका लागि, संघले आवश्यक सामग्री माग गरे बमोजिम दिन नसकेको, निजी अस्पतालहरुले मन्त्रीको सोचाई जति सहयोग नगरे पनि कोभिड १९निगरानी, तथ्यांक संकलन तथा अनुगमनका लागि छुट्टै सचिवालय सञ्चालन गरेर विज्ञहरुको विज्ञताको अनुसार परामर्श लिदै मन्त्री घिमिरे आफैं पनि निकै सक्रिय रहेकाले यो सम्भव भएको हो ।’
प्रदेश १ सफल हुनुमा सबैभन्दा पहिलो राजनीतिक प्रतिबद्धता नै भएको अधिकांशको भनाइ छ । प्रदेश सरकार मुख्यमन्त्री शेरधन राईको प्रतिबद्धता सुरुदेखि नै धेरै माथिबाट आयो । सामाजिक विकास मन्त्रालयले जनचेतना जगाउने, आइसोलेसन र अस्पताल निर्माणमा फोकस गर्यो । कोरोना परीक्षणमा सामाजिक विकास मन्त्रालयले फोकस ग¥यो । क्वारेन्टाइन बनाउन आन्तरिक मामिला मन्त्रालयले ग¥यो । सामानहरुको आपूर्तिमा उद्योग मन्त्रालयले समन्वय ग¥यो । आर्थिक मामिला मन्त्रालयले आवश्यक बजेटको समयमै निकासा ग¥यो । नाकाहरुमा परीक्षण गर्ने काम पनि सामाजिक विकास मन्त्रालयले तीनै तहका सरकारसँगको समन्वयमा गर्यो ।
‘सामाजिक विकास मन्त्रालयले तीन तहको समन्वयमा स्टाटेजिक कदम चाल्नुको परिणाम अहिले देखिएको हो, यसमा प्राविधिक कर्मचारीबाट पनि उत्साहजनक काम भयो,’ सामाजिक विकास मन्त्रलायका प्रवक्ता तथा उपसचिव डाक्टर सुरेश मेहताले भन्नुभयो, ‘हामीले रणनीतिहरु पनि बीचबीचमा परिवर्तन गर्दै ग¥यौं । हामीले दिनदैनिक आज के गर्ने, भोली के गर्ने भन्ने विषयमा छलफल गरेर योजनाबद्ध ढंगले अगाडि बढाएका छौं । यसमा सामाजिक विकासमन्त्री जीवन घिमिरेको योगदान उच्च रहेको प्रायःले महसुस गरेका छन् ।’
सामाजिक विकासमन्त्री घिमिरे अहिले पनि प्रदेश भरीका सबै जिल्लामा कोरोनाको संक्रमण भए जिल्ला अस्पतालहरुलाई कसरी क्षमतावान बनाउने भन्ने विषयमा छलफल गरिरहनु भएको छ । केही दिन अघि मन्त्री घिमिरेले १४ जिल्लाका जिल्ला समन्वय समिति प्रमुखहरु र जिल्लाका अस्पताल प्रमुखहरुसँग पनि छलफल गर्नुभयो । स्रोत साधनको सिमीतताकाबीच जनतालाई सुरक्षित राख्न सबैले भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । मानवीय स्रोत साधन र भौतिक व्यवस्थापनमा कुनै कसर बाँकी नराखिने उहाँको भनाइ छ । ‘मानवीय संशाधन वा भौतिक व्यवस्थापनको कुनैपनि दृष्टिकोणबाट हामी कमजोर छैनौ’, मन्त्री घिमिरेको भनाइ छ, ‘१ नम्बर प्रदेशको कोरोना पोजेटिभ देखिएका सबै बिरामीको उपचार गर्ने व्यवस्थापन मिलाएका छौं ।’
अहिले संक्रमणकोे आशंका गरिएकाहरुको पिसिआर परीक्षण गर्ने काम द्रुत गतिमा भइरहेको उहाँको भनाइ छ । मन्त्रालयलाई सुरुको चरणमा चुनौति नै चुनौति थियो । पिपिइ थिएन, आइआर थर्मोमिटर, पिसिआर मेसिन केही थिएन । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले अरु प्रयोजनका लागि भएका मेसिनहरुलाई नै कस्टोमाइज गरेर कोरोनाको परीक्षण गर्ने बनायो, एम्बुलेन्सहरु पनि बिरामी बस्ने छुट्टै र चालक बस्ने छुट्टा–छुट्टै क्याबिन भएका थिएनन् । त्यसलाई स्थानीय हिसावले मन्त्रालयले मिलायो । जसको कारण आज उपचारमा संलग्न स्वास्थ्यकर्मी सुरक्षित हुनसके, कोरोना संक्रमितले उपचार व्यवस्थित भएको महसुस गरेको देखिन्छ । यो सफल हुनुमा कोशी अञ्चल अस्पतालकी कार्यबाहक मेडिकल सुपरिटेन्डेन्ट संगीता मिश्रको पनि उत्तिकै हात रहेको छ । मिश्रले कोभिड अस्पताल निर्माणमा सुरुदेखि खेलेको भूमिकाबारे सरोकारवालाले प्रशंसा गरेका छन् । अस्पताल निर्माणमा अस्पताल ब्वस्थापन संयोजक सागर प्रसाईंको भूमिका पनि महत्वपूर्ण थियो ।
अहिले प्रदेश सरकारकै सक्रियतामा कोभिड १९ का शंकास्पद तीनसय बढीको स्वाव एकैदिनमा परीक्षण हुने गरी पिसिआर मेसिन जडान गरिसकेको छ । विराटनगरको कोशी अस्पताल, पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड परीक्षण प्रयोगशाला राखेको छ ।
यद्यपि नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारका केही कमजोरी रहेको औंल्याउनु भयो । ‘प्रचारमा भएजसरी उच्च प्रशंसा गर्ने गरी काम भएको छैन,’ उहाँले भन्नुभयो, ‘काम असाध्यै ढिलो भएको छ । उदयपुर भुल्केमा २८ जना बिरामी भेटियो तर, यतिका दिन बितिसक्दा त्यहाँ १ हजारको पनि पिसिआर परीक्षण भएको छैन । अस्पतालहरुले बिरामी भर्ना नलिदिएको कारण २ जना मानिस मरिसके । अस्पतालको गेट चाहर्दा चाहर्दै बिरामीको मृत्यु भयो । क्वारेन्टाइनमा बसेकाहरुलाई आरडिटी परीक्षण गरेर मात्रै फर्काइयो, पिसिआर परीक्षण गर्नै सरकारले सकेन ।’