भारतमा स्वास्थ्यकर्मीहरु नै कोरोनाको चपेटामा

दिल्लीमा ३५, मुंबईमा ९०, राजस्थानमा २२ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

विराटनगर । भारतीय स्वास्थ्यकर्मीहरु कोरोना भाइरसको चपेटामा पर्न थालेका छन् । भाइरस संक्रमण बढेसँगै स्वास्थ्य सामग्रीकोसमेत अभाव हुनथालेको छ ।

टाइम्स अफ इन्डियाका अनुसार विश्वका अन्य मुलुकमा जस्तै भारतमा पनि स्वास्थ्यकर्मीमा संक्रमण हुनेक्रम बढ्दै गएको छ ।

भारतको दिल्ली, राजस्थान, मुबंई, मध्यप्रदेश आदि राज्यमा कोरोना भाइरसले थुप्रै स्वास्थ्यकर्मीलाई संक्रमणको शिकार बनाइरहेको छ । मध्यप्रदेशमा दुई स्वास्थ्यकर्मीको निधनसमेत भएको उल्लेख छ ।

स्वास्थ्यकर्मीहरुमा संक्रमण हुनुको प्रमुख कारण पिपिई, मास्क, ग्लोब्स आदिको अभाव नै भएको बताइएको छ । आवश्यक स्वास्थ्य सामग्री अभाव हुँदा स्वास्थ्यकर्मी नै जोखिममा परिरहेको भन्दै सामग्री उपलव्ध भएपनि उपयोग सम्वन्धी तालिम नहँुदा समस्या भएको बताइएको छ ।

अग्रपंक्तिमा रहेर कोरोना विरुद्ध संघर्ष गरिरहेका ३५ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरु दिल्लीमा संक्रमित भएका छन् । पोजिटिभ भेटिएका स्वास्थ्यकर्मी र उनीहरुको सम्पर्कमा आएका ३०० जनालाई क्वारेन्टाइनमा राखेर उपचार थालिएको छ । यस्तै मुंबईमा ९० जना स्वास्थ्यकर्मीहरु कारोना संक्रमणमा परेका छन् । राजस्थानमा २२ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । मध्यप्रदेशमा दुई जना डाक्टरको मृत्यु भइसकेको छ ।

टाइम्स अफ इन्डिया लेख्छ ‘कोरोना के खिलाफ जंग में सबसे आगे खड़े डा‘क्टर्स–नर्स किन मुश्किलों का सामना कर रहे हैं वह पता चल रहा है । राजधानी दिल्ली में ३५ हेल्थकेयर वर्कर (ज्यादातर डा‘क्टर और नर्स) कोरोना की चपेट में है । उनके संपर्क में आए ३०० लोग क्वारंटीन में रखे गए है । ऐसा ही हाल मुंबई का है । वहां ९० हेल्थकेयर वर्कर को इंफेक्शन मिला । राजस्थान की कहानी भी ऐसी ही है । वहां २२ हेल्थकेयर वर्कर कोरोना पजेटिव है । मध्य प्रदेश में तो कोरोना की वजह से दो डा‘क्टर्स की जान ही चली गई ।’

कोरोना उपचार अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीहरु नै धेरै संक्रमणमा परेको टाइम्स अफ इन्डियाले जनाएको छ । स्वास्थ्यकर्मीमा संक्रमण हुनुमा सुरुवाति दिनभा भएको प्रशासनिक लापरवाही र स्वास्थ्य सामग्री अभाव भएको बताइएको छ ।

पब्लिक हेल्थ फाउण्डेसन अफ इन्डियाका डा. श्रीनाथ रेड्डीले डाक्टर र नर्सको सुरक्षामा ध्यान दिन सरकारलाई आग्रह गर्नुभएको छ । पिपिई सुट लगायत अन्य आवश्यक स्वास्थ्य सामग्री उपलव्ध गराउन र संक्रमणबाट स्वास्थ्यकर्मीलाई जोगाउन जरुरी भएको उहाँले बताउनुभएको छ ।

दिल्ली नर्स फेडेरेसनका महासचिव लीलाधर रामचंदानीले अस्पतालहरुमा केही पीपीई, किटस्, आदि सामग्री भएपनि त्यसलाई ठिक तरिकाले लगाउन र प्रयोग गर्ने विषयमा स्वास्थ्यकर्मीहरु अभ्यस्त छैनन् । जसले गर्दा सामग्री भएर पनि संक्रमणको जोखिम हुने गरेको उहाँ बताउनुहुन्छ । उहाँले स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री लगाउने र प्रयोग गर्ने तरिका सिकाउन जरुरी भएको सुझाव सरकारलाई दिनुभएको छ ।

आइतबार, ३० चैत, २०७६, बिहानको ११:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर