एकातिर कोरोना (कोभिड १९) को संक्रमण रोक्नुपर्ने र अर्कोतिर दैनिक उपभोग्य बस्तुको आपुर्ति गर्नुपर्ने जिम्मेवारी बिशेषरुपमा स्थानीय सरकारको काँधमा थपिएको छ । यो सहज अवस्था पक्कै होईन । कोरोना (कोभिड १९) को संक्रमण रोक्न र ईटालीले गरेको गल्ती हुनबाट जोगाउन देशमा ‘लकडाउन’ गरिएको छ । यसलाई प्रभावकारी बनाउन आम जनताले पनि समाजिक सञ्जालमा विभिन्न तस्विर, खबर र सन्देशहरु भाईरल बनाएका छन् भने नेपाल प्रहरी, सशष्त्र प्रहरी पनि परिचालन पनि गरिएको छ ।
मुख्य सडक र प्रमुख बजारमा निकै कडाई गरे तापनि साझ÷बिहान सानो सानो चौकमा दैनिक उपभोग्य समानको खरिदबिक्रीको भिड देखिने गरेको छ । तर, जुनसुकै बहानामा जम्मा भएको भिडले कोरोना नियन्त्रणका लागि प्रभावकारी मानिएको ‘सोसियल डिस्टेन्सन्’ कायम नरहने र फैलनसक्छ । यसप्रति आमजनता सचेत नभएको देखिन्छ । यस अवस्थालाई कसरी नियन्त्रण गर्ने ? नेतृत्व बर्ग तथा जनस्वास्थ्य विज्ञहरुका लागि चुनौती रहेको छ ।
स–साना चौक र गुद्रीमा देखिने अधिकाशं व्यक्तिहरु दैनिक उपभोग हुने सागसब्जी तरकारी बेच्ने र किन्नेहरु रहेको पाईन्छ । यसै पेशामा आबद्ध व्यक्तिहरुले कति त कोरोना बारे अनभिज्ञ पनि हुनसक्छ । त्यसैले उनीहरुलाई नै कोभिड १९ का बारेमा सचेतना दिनु पर्छ । यसका साथै उनीहरुलाई भिड नगरी प्रभावकारी र सुरक्षित तरिकाले ठेलामा घर घरमा दैनिक उपभोग्य बस्तु पु¥याउन सिकाउन सकिन्छ । यसले व्यपार पनि बढ्ने र भिड पनि नहुने हुन्छ । तर, सुरक्षाका उपाय र सचेतना गराउन आवश्यक हुन्छ । त्यस्र्तै अत्यन्त गरिब र दैनिक ज्यालामा गुजारा गरिरहेका परिवारलाई न्युनतम् खाद्य सामग्री घरघरमा पु¥याउनु आवश्यक हुन्छ ।