घरैबाट पठनपाठन गरौं

सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द भएको छ । यसले शैक्षिक क्यालेन्डरमा के कस्तो असर गर्छ ?
– विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमणले विश्वमा आतंक सृजना गरेको छ । नेपालमा हालसम्म नदेखिएपनि यसबाट सम्पूर्ण नेपाली त्रसित छन् । विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई पनि जोखिपूर्ण सूचीमा राखेको कारण सरकारले सम्पूर्ण शैक्षिक संस्था अनिश्चितकालको लागि बन्द गर्न आग्रह गरेको छ । यसमा निजी विद्यालयहरू पनि बन्द गर्न प्याब्सनले निर्णाय गरेको छ । जसले गर्दा एसर्ईई परीक्षा पनि स्थगित भएको छ । यसले शैक्षिक क्यालेन्डरलाई प्रभाव पार्ने निश्चित भयो । तर, पनि यसको प्रभाव घटेपछि स्थगित भएको परीक्षा पुनः सञ्चालनमा आएर शैक्षिक संस्थाहरूले नियमित कक्षा सञ्चालन गर्नेछन् । शैक्षिक क्यालेन्डरलाई मिलाउनको लागि हामीले दिने विदालाई आगामी दिनमा कटौति गरी अतिरिक्त कक्षाहरू सञ्चालन गरिन्छ । जसले गर्दा विद्यार्थीहरूलाई मार्का पर्नेछैन ।

कोरोना भाईरसको संक्रमण फैलिन नदिन प्याब्सनले के गर्दैछ ?
– महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न निजी क्षेत्रहरूले पनि सरकारलाई सहयोग गर्दै आएको छ । हामीले शिक्षक, विद्यार्थीहरूमार्फत विश्वभरी फैलिएको कोरोना भाइसको संक्रमणबाट सचेतनामुलक कार्यक्रम गर्दै आएका छौं । यसको साथै सरकारले घोषणा गरेको कार्यक्रमहरूमा पनि निजी विद्यालयहरूले साथ सहयोग गर्नेछन् ।

कतिपय निजी विद्यालयले सरकारको निर्णय उल्लंघन गर्दै परीक्षा सञ्चालन गरेका छन् । प्याब्सनले गरेको आग्रह किन पालना नभएको ?
– हाम्रो केही सदस्य विद्यालयहरूले संस्था र सरकारले गरेको निर्णयलाई अवज्ञा गरेको पाइएको छ । केही स्थानीय तहहरूले पनि अवज्ञा गरेको पाइयो । यसो गर्नु सांगठानिक अराजकता हो । स्थितिको गम्भीरतालाई कम आँकलन गर्नु पनि हो । स्वास्थ्यमाथि कसैले पनि खेलवाड गर्नु हुदैन । सबै सचेत रहन संगठन र सरकारको घोषणाभन्दा माथि नउठन पुनः आग्रह गर्दछु ।

तपाईहरू सामुदायिक र संस्थागत विद्यालयबीचको विभेदको अन्त्य भयो भन्नुहुन्छ । विभेद कसरी अन्त्य भयो ?
– सामूहिक र संस्थागत विद्यालयबीचको विभेद करिब अन्त्य भएको छ । सरकारद्वारा जारी शिक्षा नीतिमा अन्त्य भएको छ । सरकारले जारी गरेको शिक्षा नीतिमा भएका विषयहरू समेटका छन् । शिक्षा नीति अनुसार निजी विद्यालयहरू कम्पनीमा निरन्तर रूपमा सञ्चालनमा पाउने भएका छन् । ४५ प्रतिशत आरक्षित छात्रवृत्तिमा संस्थागत विद्यालयहरू पनि सहभागी हुन पाउने भएका छन् । यसैगरि सामुदायिक विद्यालयमा मात्र सञ्चालन हुँदै आएको प्राविधिक शिक्षामा संस्थागत विद्यालयहरूको पनि समान सहभागिता हुने भएको छ । यसले गर्दा पनि अहिले आएको शिक्षा नीतिले विभेद अन्त्य गरेको छ ।

स्थानीय पालिकाले लिने परीक्षामा एकरूपता छैन । यसमा प्याब्सनको धारण के छ ?
– सबै स्थानीय तहहरूको परीक्षा समय र प्रणालीको एकरूपता देखिएको छैन । केही पालिकाहरूले सरकारले गरेको निर्देशनको पनि अवज्ञा गरेको छ । तथापि पनि कक्षा १ देखि ८ सम्म आधरभूत तह भएपछि कक्षा ५ को परीक्षा पालिकास्तरबाट लिन जरूरी देखिदैन । फेरि कक्षा ८ सम्म विद्यार्थी अनुत्तीर्ण हुने भएपछि पनि एसईई मोडलमा केन्द्रीकृत गरी परीक्षा लिन जरूरी छैन । यसले विद्यार्थीहरूमा त्रास मात्र बढेको छ । बरू पठनपाठन पद्दतिहरूमा अनुगमन गर्न जरुरी देखिन्छ । सरकारले कोरोना भाइसरको क्रासको कारणले गर्दा कक्षा ८ को परीक्षा आफ्नै विद्यालयमा सञ्चालन गर्न निर्देशन दिएको भएपनि केही स्थानीय तहले यसको अवज्ञा गरि केन्द्रीकृत रूपमा परीक्षा सञ्चालन गर्दै आएको छ ।

प्याब्सनले लिने जिल्लास्तरीय परीक्षामा अत्याधिक शुल्क उठाएर अभिभावकलाई ठगी गरेको गुनासो छ नि ?
– प्याब्सनले लिने परीक्षाको शुल्क अत्याधिक भयो भन्ने भनाइप्रति मेरो सहमति छैन । एसईई परीक्षा शुल्क ५ सय लिएर सरकारले परीक्षा सञ्चालन गर्दछ । यसको अनुपातमा थोरै विद्यार्थी संख्या भएको नीजि विद्यालयले लिएको परीक्षा शुल्क उचित छ । प्याब्सनले लिएको परीक्षामा शुल्कले परीक्षा संचालन गर्न गाह्रो हुन्छ । अनि हामीले न्यूनतम लिएको परीक्षा शुल्क बढी भयो भन्न मिल्दैन ।

एसईई परीक्षा हुने अनिश्चित छ । परीक्षा दिने विद्यार्थी र अभिभावलाई के भन्नुहुन्छ ?
– कोरोनाको संक्रमितबाट बच्न सरकारले एसईई परीक्षा स्थगित गरी सबै शैक्षिक संस्था बन्द गरेको छ । यस संक्रमणबाट बच्न सबैले आ–आफ्नो ठाउँबाट सावधानी अपनाउनु पर्दछ । परीक्षा स्थगित भएर परीक्षा दिने तयारी गरेका विद्यार्थीहरूलाई नियमित रूपमा पठनपाठनमा ध्यान दिनुपर्दछ । संचारको माध्यम प्रयोग गरि समस्याहरूको हल गर्न सकिन्छ । अन्य विद्यार्थीहरूको हकमा घरमै बसेर घरसायी काममा आफ्ना अभिभावकहरूलाई सहयोग पु¥याउनु पर्दछ । घरमा गरिने कामहरू पनि शिक्षाको एउटा अंग पनि हो ।

प्रस्तुतिः अर्जुन श्रेष्ठ

आइतबार, ०९ चैत, २०७६

प्रतिक्रिया:

सम्बन्धित खवर