सफा आँगन छ । न वरिपरि कसिङ्गर न रुखका सुकेकै पातहरु छन्, आँगनमा । उनले त असल बुहारी नै पाएका रहेछन् यार मुरारी ! यिनीहरु एकाएक विहानीपख गाउँको वरपिपलको मुनि चिया पसल राखेकी गौरीको चिया पसल जाँदै गफिदै थिएँ ।
यिनीहरु दुबै गाउँले साथी, सानैदेखि मिल्ने साथी अनि गाउँभरिका आँटिला साथी । गाउँमा जे परे पनि सहयोगी भुमिकामा अघि बढ्न दृढ थिए । पाप थिएन मनमा । खराबलाई खराब र राम्रालाई राम्रै वर्णन गर्ने खुलस्त मनका थिएँ । कमल अलिक बलियो र हट्टाकट्टा थियो । उसको साथमा कुनै हतियार आवश्यक नै पर्दैन्थ्यो । गाउँमा जुनैबेला पनि चोरडाका उसको अगाडि आउनै हुँदैन्थ्यो । मुरारीकै आँखा अगाडि कतिखेप बदमासहरुले पिटाई खाएको देखिएको थियो ।
तर, मुरारी कमजोर थियो । कमजोर भएपनि बलको नाममा एउटा कलम जहिल्यै आफ्नो सर्टको गोजीमा सिउरेर राखेको हुन्थ्यो । उ मारपिटभन्दा पनि कलमले शान्त पार्न खोज्थ्यो । मुरारीले भन्यो, ‘हेर कमल अस्ति त्यो खोला किनारामा भएको झुपडीको रक्सी पसलमा तैंले हल्का पिएको थिइस् । विनागल्ती उसलाई पिटिस् ।’
म तसँगै थिएँ । तलाईं रोक्न खोजे, सकिनँ । म कमजोर थिएँ, त्यो तलाईं पनि थाहा छ, मेरो सर्टको गोजीमा सिउरेर राखेको कलमले सबै कुरो देख्यो । अनि घर पुगेपछि फटाफट डायरीमा लेख्यो । विनाकारण कमलले निर्दोषलाई पिट्यो ।
कमलको बल त्यहिबेला मुरारीको कलमले सहि मार्ग सहि बाटोमा त ल्यायो, समयसँगै घरजम पनि ग¥यो । अहिलेको परिस्थितिमा मुरारी फेरि कमललाई खोज्छ । तर, असम्भव उ आफ्नो जिन्दगी आफ्नै श्रीमतीसँग घर व्यवहारभित्र भएको झ्यालखानामा निर्दोष कैदी भैसकेको छ ।
विराटनगर–६, ममतामार्ग