विराटनगर । सिमावर्ती बजार जोगवनी भारतको सिमा नाका छुने वडा हो, विराटनगर १५ । विराटनगरको उत्तरी क्षेत्रमा रहेको वडाको तुलनामा यो वडा विकासले पछाडि परेको वडा हो । वडा कार्यालयमा जनप्रतिनिधि आएपछि विकासले गति लिएको स्थानीयबासीले अनुभुति गर्न थालेका छन् ।
वडाभित्र गल्ली सडक ६२ वटा र ठूला राजमार्गसँग छुने प्रमुख सडक करिब १ं७ वटा रहेको छ । जसमध्ये करिब ७० प्रतिशत सडक पिच भएको वडाध्यक्ष असलम आलमले बताउनुभयो । बाँकी ३० प्रतिशत सडक पनि पिच हुने प्रक्रियामा रहेको उहाँको भनाइ छ ।
अहिले वडाभित्र पर्ने सडकको निर्माण र स्तरोन्नतीको कामहरू भइरहेको छ । वडाभित्रको प्रजातन्त्र मार्ग, जीतु मेडिकलदेखि राइजिङ्ग स्कूलसम्मको सडक, हुलास मिल, यादव टोल, निर्सिङ्ग मार्ग, रामजानकी मार्ग, इप्रका रानीदेखि दक्षिण जाने सडक, वडा कार्यालयको सडक पनि पिच भइसकेको छ । वडाभित्रको धेरै सडकहरू आरसीसी ढलान भएका छन् । बावा हलको सडक आरसीसी ढलान भएको छ । यस्तै बैंक रोडदेखि रानीपथ जाने सडक ड्रेनसहितको ग्राभेल बनेको छ । पशुपति टोलमा पनि डे«न र ग्राभेल बनेको छ ।
करिब २ हजार ५ सय घरधुरी रहेको र १८ हजार बढि जनसंख्या रहेको वडाका सडक पहिले साँघुरा थिए । अहिले फराकिला बनेका छन् । ‘वडाभित्रको धेरै सडकहरु ६ फिटको सडक बनेको थियो,’ उहाँले भन्नुभयो, ‘जनप्रनितीहरू आएपछि जनताको आवश्यकतालाई मध्यनजर राख्दै एम्बुलेन्स र दमकल जाने सडक बनाएका छौं । अहिले बनेको नयाँ सडक १६ र २० फिटको छन् ।’
वडाभित्रका महिलालाईहरूलाई रोजगारमुखी बनाउन शिपमुलक तालिम वडा कार्यालयले दिँदै आएको छ । २० जना महिलाहरुलाई ब्यूटिसियनको र १५ जनालाई सिलाइबुनाइको तालिम दिएको वडाअध्यक्ष आलमले बताउनुभयो । ‘सिलाइबुनाई मात्र तालिमले नभएर उनीहरूलाई आत्मनिर्भर बनाउन मेसिन पनि दिएका छौं,’ उहाँले भन्नुभयो, ‘सिकेको ज्ञानलाई जीवन उपमुखी बनाउँन हामीले थप हौसला पनि दिने गरेको हो ।’
यस्तै जेष्ठ नागरिकको बस्ने एउटा पुस्ताकलयसहितको भवन पनि निर्माणको तयारी गरिएको वडा कार्यालयले जनाएको छ । वडाभित्र सामुदायिक भवन निर्माणमा वडा कार्यालयले सहयोग पनि गर्दै आएको छ । यस्तै दलित, पिछडा सामुदायका महिलाहरूको क्षमता तथा नेतृत्व विकासमा तालिमहरू पनि वडा कार्यलयले दिँदै आएको छ । वडा कार्यालयले सरसफाइ अभियान पनि संचालन गर्दै आएको स्थायिबासीको सहयोगमा सडक सरसफाइ अभियान सञ्चालन भएको वडाध्यक्ष आलमले बताउनुभयो ।
साउनदेखि बर्थिङ्ग सेन्टर सञ्चालन
विराटनगर १५ वडामा १५ शैय्याको अस्पताल बनाउने योजना छ । यो सम्झौताको चरणमा रहेको छ । वडाभित्र विपन्न सामुदायका मानिसहरु रहेकोले स्वास्थ्यको पहुँचमा पु¥याउन बर्थिङ्ग सेन्टर स्थापना गर्ने तयारीमा लागिपरेको वडाअध्यक्ष आलमले बताउनुभयो । करिब चार कठ्ठा क्षेत्रफलमा बर्थिङ्ग सेन्टर बन्न लागेको हो । ‘निर्माण कार्य पुरा हुन लागेको छ । अहिले ढलाइको कामहरू भइरहेको छ,’ वडाअध्यक्ष आलमले भन्नुभयो, ‘यो बर्थिङ्ग सेन्टर संचालनमा आएपछि यहाँका बासिन्दाले स्थानीय स्तरमै स्वास्थ्य सेवा पाउँनेछन् ।’
आउँदो साउनसम्ममा बर्थिङ्ग सेन्टर सञ्चालन आएपछि स्थानीयले २४ घण्टै स्वास्थ्य सेवा पाउँनेछन् । ‘दुई तलाको भवन बन्नेछ । पहिलो तलामा ७ वटा कोठा हुनेछ,’ उहाँले भन्नुभयो, ‘स्वास्थ्य महाशाखाको समन्वयमा अहिले काम भइरहेको छ ।’ उहाँका अनुसार अहिले ल्याब पनि सञ्चालनमा आएको छ । स्थानीयले रगत परीक्षण स्थानीय ल्याबमा गर्न पाएका छन् ।
वडा कार्यालयको नयाँ भवन बन्दै
विराटनगर १५ नं. वडा कार्यालयको सुविधासम्पन्न आफ्नै भवन निर्माण हुने भएको छ । ९० लाख रुपैयाँको लागतमा वडा कार्यालयको भवन बन्न लागेको वडाअध्यक्ष आलमले बताउनुभयो । करिब ४ कठ्ठाको क्षेत्रफलमा वडा कार्यालयको नयाँ भवन बन्नेछ । नयाँ बन्ने भवन दुई तलाको हुनेछ ।
‘दक्षिण भेगको विराटनगर १५ को सुन्दर भवन बन्नेछ,’ वडाअध्यक्ष आलमले भन्नुभयो, ‘आज आइतबार विराटनगर महानगरपालिको प्रमुखले शिलन्यास गर्दैहुनुहुन्छ । शिलान्यास भएको ६ महिनाभित्रमा निर्माण पुरा हुनेछ ।’
छठ स्थलसहितको पार्क बन्दै
विराटनगर १५ मा ३ कठ्ठा क्षेत्रफलमा छठमा पूजा गर्ने स्थलसहितको रमणीय पार्क बन्दैछ । ‘पोखरी बनाएर छठमा पूजाआजा गर्ने स्थल पनि बन्नेछ । पोखरीको बिचमा सूर्य भगवानको मूर्ती हुन्छ,’ वडाध्यक्ष आलमले भन्नुभयो, ‘चारैतिर घेराबन्दी गरि रमणीय पार्क पनि बन्नेछ ।’ सोही स्थानमा जेष्ठ नागरिक बस्ने पार्क पनि बनाउने तयारी गरिएको उहाँले बताउनुभयो । अहिले निर्माण कार्य भइरहेको वडाअध्यक्ष आलमको भनाई छ ।
बन्दै गरेको पार्कमा डेढ करोडको लगानी हुनेछ । छठ स्थलसहितको पार्क आउने असोजदेखि संचालनमा आउने वडाअध्यक्ष आलमको भनाई छ ।
विपन्न दलितलाई १६ घर
जनता आवास कार्यक्रम अन्तर्गत दलित सामुदायका आर्थिक अवस्था नाजुक रहेका १६ घर परिवारलाई घर बनाइदिएको वडाअध्यक्ष आलमले बताउनुभयो । वडाभित्र तीन वटा टोलमा सकुम्बासी रहेका छन् । सुकुम्बासीको पहिचान गरि व्यवस्थित गर्ने काममा लागि परेको उहाँले बताउनुभयो ।
हडताली हाट र भट्टा टोलमा सुकुम्बासी बस्ती रहेको छ । संघीय संसद, प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधि मिलेर वर्षौदेखि बस्दै आएका सुकुम्बासीहरूलाई व्यवस्थित गर्न लागिपरेको उहाँले बताउनुभयो ।
कवर्ड हल बन्दै
विराटनगर १५ को अशोक टेक्स्टाइलमा विराटनगर महानगरपालिको जग्गा भएकोले एउटा सुविधा सम्पन्न कबर्ड हल बनाउने काम भइरहेको वडाअध्यक्ष आलमले बताउनुभयो । वडामा आएको बजेटबाट १० लाख रुपैयाँ त्यसको लागि बिनायोजन गरिएको छ । बिनियोजन भएको बजेट अहिले घेराबारामा खर्च भएको छ ।
एक कठ्ठा क्षेत्रफलमा कबर्ड हल बन्न लागेको हो । अहिले त्यसको डिपिआर तयार भइरहेको वडा कार्यालयले जनाएको छ । ‘कुनै वडामा कवर्ड हल नभएको अवस्थामा हामीले बनाउन लागेका हौ,’ उहाँले भन्नुभयो, ‘कवर्ड हल बनेपछि यहाँ विभिन्न खेलकुदहरू हुन्छ । जसले गर्दा युवाहरूलाई खेल क्षेत्रमा प्रोत्साहन गर्न मद्दत पुग्नेछ ।’
दलित विद्यार्थीलाई उच्च शिक्षा निःशुल्क
वडाभित्र दलित समुदायका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई वडा कार्यालयले निःशुल्क पठनपठान गरिदिने भएको छधब । आउँदो वर्ष बजेट बिनायोजन गरि दलित सामुदायका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा वडाले निःशुल्क पठनपाठन गराइदिने वडाअध्यक्ष आलमले बताउनुभयो ।
२०७७ देखि वडाभित्रका ३० वर्ष उमेर पूरा गरि स्नाकोक्तर तह उत्तीर्ण गर्ने विद्यार्थीलाई प्रोत्साहनस्वरूप ल्यापटप र ५० हजार रुपैयाँ प्रदान गर्ने योजना रहेको आलमले बताउनुभयो । ‘आउने वर्षको बजेटमा यो योजना समावेश हुनेछ,’ उहाँले भन्नुभयो, ‘पढ्ने बातवरणको विकास गर्ने हाम्रो योजना हो । त्यही भएर यस्तो योजना वडाले अघि सारेको हो ।’
आधुनिक शौचालय बन्दै
विराटनगर १५ को भन्सारको २ नम्बर ढाट नजिक आधुनिक सार्वजानिक शौचालय वडा कार्यालयले बनाउने तयारी सुरू गरेकोछ । शौचालय निर्माणको सम्झौता भएर अहिले काम भइरहेको छ । ५० लाख रुपैयाँको लागतमा आधुनिक शौचालय निर्माण हुँदैछ । शौचालय आगामी ६ महिनामा सञ्चालन गर्ने तयारीको साथ काम सुरू भएको वडा कार्यालयले जनाएको छ ।