पृष्ठभूमि
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वमा भएका श्रमिक महिलाका ठूलाठूला आन्दोलनहरूको सम्झना र सम्मानमा थालनि गरिएको हो । १९ औं शताब्दीको मध्यबाट विश्वका विभित्र देशमा श्रमिक महिलाहरूको अधिकारका लागि ठूलाठूला आन्दोलनहरू भएका थिए । सन् १८५७ मा अमेरिकाको गार्मेण्टमा काम गर्ने श्रमिक महिलाहरूले निश्चित कार्यघण्टाको माग सहित गरेको प्रदर्शनले आन्दोलनको रूप लियो । श्रमिकहरूको अन्तर्राष्ट्रिय सम्मेलनको मञ्चबाट महिलाको समान अधिकारको लागि आवाज उठाउने प्रथम महिला क्लारा जेटकिन (German socialist feminist) थिइन् । त्यसपछि आन्दोलन अझै फैलँदै र विकसित हँुदैगयो । सन् १९०९ मा न्यूयोर्कको गार्मेण्टका मजदुरहरूलाई युनियनमा लागेको आशंकामा व्यवस्थापनले निस्कासन ग¥यो । त्यसपछि श्रमिकहरू हडतालमा उत्रिन बाध्य भए । यस घटनाले श्रमिक आन्दोलनमा गुणात्मक परिवर्तन ल्यायो । पहिलाभन्दा ठूलो संख्यामा महिलाहरू युनियनमा सङ्गठित हुन पुगे । यो हडताल इतिहासमा “महान् उथलपुथल” को नामबाट चर्चित छ ।
सन् १९१० मा १७ देशका १०० जना समाजवादी महिलाहरुबीचमा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पत्र भयो । सम्मेलनमा क्लारा जेटकिनले महिलाअधिकार र राजनीतिक समानताका लागि हरेक वर्ष विश्वभरका महिलाहरूले मार्च ८ लाई महिलाअधिकार आन्दोलन दिवसका रूपमा मनाउन राखेको प्रस्ताव सर्बसम्मतिबाट पास भयो र १९११ देखि यस दिनलाई विश्वका विभिन्न देशमा महिलाअधिकारको आन्दोलनको प्रतिकका रूपमा मनाउन थालियो । ८ मार्चकै दिन संसारभरमा महत्वपूर्ण केही आन्दोलनहरू गरिएका थिए । जस्तै १८९७ मा न्यूयोर्कका महिलाहरूले १० घण्टाको कार्यघण्टा र उचित ज्यालाको मागसहित प्रदर्शन गरेका थिए । १९०७ समाजवादी महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन जर्मनीमा भएको थियो भने १९०८ न्युयोर्कका श्रमिक महिलाले मताधिकारको मागसहित प्रदर्शन गरेका थिए । १९११ देखि ८ मार्चलाई प्रथम पटक अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउन सुरु गरेको, १९१७ मा युद्ध, गरिवी र हत्याका विरुद्ध रसियाका महिलाको प्रदर्शन, १९५० इरानका तेल कारखानाको राष्ट्रियकरणको मागसहित ५० हजार महिलाको प्रदर्शन, १९७५ मा संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार अन्तर्राष्ट्रिय महिला दिबशका रूपमा मनाउन सुरु गरिएको हो ।
नेपालमा महिला आन्दोलन र दिवसको इतिहास
नेपालमा महिलाहरूले अधिकारको आन्दोलनलाई निरन्तर अगाडि बढाउने क्रममा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै रूपमा नमनाएपनि महिला आन्दोलनको इतिहासलाई हेर्दा विभिन्न कोणबाट अगाडि बढेको हामी पाउँछौँ । नेपाली महिला आन्दोलनलाई विश्लेषण गर्ने हो भने यो लिच्छवी कालदेखि नै सुरु भएको आधार छ । महिलाहरूका अधिकारका लागि गरिने यस्ता सङ्घर्षहरू विस्तारै महिलामाथि गरिने वा हुने गरेका शोषणहरू राजनीतिक रूपले विश्लेषण गरी अगाडि बढ्न सुरु गरेका देखिन्छन् । यसरी महिलाहरूभित्र राजनीतिक चेतना जगाउँदै महिलाअधिकारको आन्दोलनलाई अगाडि बढाउन सुरुवात गर्ने महिलाहरूको पंक्तिमा योगमायादेवी र दिव्या कोइरालाको नाम अगाडि आउँछ । वि.स. १९७४ मा उनीहरूले “नारी जागृति सङ्घ” को स्थापना गरी संगठन विस्तार गर्दै महिलाहरूमा राजनीतिक चेतना जगाउँदै सामाजिक विभेदको अन्त्य गर्ने (बालविवाह, बहुविवाह, घुम्टो प्रथाको विरोध गर्दै शिक्षाको अधिकारका लागि महिलाहरूलाई संगठित गरी तराइका सिरहा र धनुषा जिल्लामा काम गरिएको थियो) प्रयास गरेका थिए ।
सामाजिक अन्याय, महिलाको अधिकारको हनन्, सामाजिक विसंगतीहरू विरुद्ध भोजपुरकी योगमाया न्यौपानेले विद्रोह गरेकी थिइन् । यो महिलाअधिकारको लागि गरिएका अर्कोे सङ्घर्ष थियो । पछि महिला आन्दोलनले विस्तारै श्रमिक महिलाअधिकारको क्षेत्रलाई पनि समेट्न पुगेको देखिन्छ । वि.स. २००३ साल फागुन २१ गते विराटनगरका महिला मजदुरहरूले आफ्नो अधिकारका लागि (समान कामको समान ज्याला, सम्पूर्ण राष्ट्रिय जिवनमा बराबर अधिकार, सुत्केरीको लागि विशेष सुविधा, बालबालिको सुरक्षा र शिक्षा लगायतका माग राखी) आन्दोलन अगाडि बढाएका थिए । यसै गरि २०२८ सालमा गोमा देवकोटाद्वारा नेतृत्व गरिएको महंगी विरोधी आन्दोलन, वि.स.२०३१ सालको सुकुम्वासीको अधिकारको आन्दोलन, २०३२ सालमा भएको किसान विद्रोहमा महिलाहरूको भूमिका, २०५० पछि भएका मुक्त कमैया÷कमलहरी आन्दोलन, वादी महिलाअधिकारको आन्दोलनको, आवासको अधिकारको आन्दोलन, भूमि अधिकारकालागि तथा महिला, महिला माथि हुने हिंसा विरुद्ध गरिएको आन्दोलनलाई विश्लेषण गर्दा जहिले पनि मलिाहरूले आफ्नो सामाजिक, आर्थिक, राजनैतिक र नागरिक अधिकार प्राप्त गर्नकालागि सङ्घर्षहरू गरेका छन् ।
नेपालमा पहिलो पटक २०१७ सालमा धनकुटाका शिक्षिकाहरूले मनाउन थालेको इतिहास बोकेको यो दिवस २०३५÷३६ को विद्यार्थी आन्दोलनपछि मात्र श्रमजीवी महिलाहरूले मनाउन थालेको पाइन्छ । २०४७ सालमा बहुदलीय व्यवस्थाको स्थापना भएपछि महिलाको समान अधिकारमा विश्वास गर्ने टे«ड युनियन तथा महिलाको अधिकारको क्षेत्रमा कार्यरत सङ्घ संस्थाहरूको पहलमा श्रमिक महिलाहरूबीच यो दिवस मनाउन थालिएको हो । यो दिनमा महिलाको अधिकारका लागि विभित्र क्षेत्रमा कार्यरत महिलामहिलाहरू आन्दोलनबाट प्राप्त उपलब्धिहरूको समिक्षा गर्दै भावि रणनीति तय गर्नका लागि एकजुट हुने गर्दछन् । जो महिलाले तानाशाही राज्यकालमा समेत महिलाको अधिकार र राज्यको दायित्वलाई केन्द्रमा राख्दै उक्त दिनलाई श्रमिक महिला दिवसको रूपमा स्थापना गर्न सङ्घर्ष गरे । अन्त्यमा महिलाको अधिकार तथा समानता तथा न्यायकालागि आवाज उठाउन प्रतिवद्ध महिलाहरू यसलाई साकार तुल्याउन पनि सफल भए ।
नेपालमा ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस
नेपालमा यो वर्ष “समानताको पुस्ता,अन्त गरौं हिंंसा, बिभेद र असमानता” भन्ने मूल नाराका साथ ८ मार्चलाई ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाइदैंछ । यसबाट पक्कै पनि नेपालको महिला आन्दोलनमा एउटा अर्को ऐतिहासिक उपलब्धि थप हुनेछ । विभिन्न सञ्जाल, सङ्घसंस्था, ट्रेड युनियन तथा सरकार सँगको सहकार्यद्वारा स्थानीय तह, प्रदेश तथा संघीय स्तरमा विभित्र कार्यक्रम गरी महिला विरुद्ध हुने हिंसा र भेदभाव अन्त्य गर्न यो दिवस मनाइरहेका छौँ । महिलाको श्रम शोषण गर्ने तथा महिलाविरुद्ध हुने हिंसालाई प्राकृतिक स्वरूप मानि नाम दिन खोज्ने पितृसत्तात्मक सोचबाट अगाडि बढेका सबै सामाजिक, साँस्कृतिक, राजनीतिक तथा आर्थिक संरचनामा परिवर्तन ल्याउन यो अभियानले सहयोग गर्नेछ ।
तसर्थ यो दिवसका अवसरमा विभित्र तहमा आयोजना हुने÷गरिने गतिविधिहरूले लैंङ्गिक बिभेदमा आधारीत हिंसाको स्वरूपलाई सम्बोधन गर्नेछन् । लैंङ्गिक बिभेदमा आधारीत हिंसा व्यक्तिगत समस्या मात्र होइन त्यसैले यस्ता हिंसाबाट महिलाहरूलाई छुटकारा दिलाउनका लागि राजनीतिक इच्छाशक्ति आवश्यक हुन्छ । साथै, महिलामाथि हुने हिंसा अन्त्य गर्नका लागि राज्य, समाज र परिवारबीचको सम्बन्ध तथा परिवार भित्रैको सोच, ब्यबहार र परिवर्तन गर्नुका साथैं कानुन तथा नीतिको प्रभाबकारी कार्यन्वयन र यसलाई सार्थक तुल्याउनका लागि महिला अधिकार सुनिश्तीत गर्नै खालको संरचनाहरु निर्माण गर्न जरुरी छ ।
नेपाल सरकारले महिलामाथि हुने सबैप्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि, सामाजिक, आर्थिक र साँस्कृतिक अधिकार अनुबन्ध र नागरिक तथा राजनैतिक अधिकार अनुबन्ध लगायत थुपै्र मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय दस्तावेजहरूमा प्रतिवद्धता देखाइसकेका कारण पनि राज्यले महिलाका यी अधिकारहरूको सुनिश्चितता, संरक्षण र सम्वद्र्धन गर्नु पर्दछ । तीन तहको सरकारले बिभिन्न कानुन, नीति र योजना मार्फत महिलाहरुको अधिकार सुनिश्चीत गर्न सफल बनाउन हामी सबैको सहकार्य र ऐक्यबद्धताको पनि आवश्यकता रहेको छ ।
१०१ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा यो वर्ष विश्वभर नैं महिलाहरुले “महिला रोकिए संसार रोकिन्छ ” भन्ने मुलनारा साथ महिलाको विश्वब्यापी हड्ताल गर्ने योजनाका गरिएको छ । नेपालमा पनि महिला मानव अधिकार रक्षक राष्ट्रिय, महिला मानव अधिकार रक्षक जिल्ला सञ्जालहरु र बिभिन्न संस्थाहरुको आयोजनामा दिनको १२ बजे बाट १ बजे महिला रोकिए संसार रोकिन्छ भन्ने नाराका साथ महिलाले गर्ने सबै काम ठप्प गरेर महिला हड्ताल गर्नै कार्यक्रम रहेको छ । सो हड्तालको मागहरु निम्न रहेको छ ।
– मर्यादित काम र जीवन धान्न पुग्ने ज्याला
– लैंङ्गिक बिभेदमा आधारित हिंसाको अन्त्य
– श्रोत, शक्ति र अवसरहरुमा न्यायपूर्ण पहँुच
– सबैको लागि खाद्य सम्प्रभुता
अन्तमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिलाहरूको श्रम, शक्ति, साहस र सामाजिक न्यायपूर्ण परिवर्तनप्रतिको प्रतिबद्धतालाई सङ्गठित रूपमा अगाडि बढाउन सहकार्यका लागि सबैमा अनुरोधका साथ….
(लेखक महिला मानव अधिकार रक्षक राष्ट्रिय संजालका सदस्य हुनुहुन्छ)