रमेश विकलले लेखेको चर्चित उपन्यास अविरल बग्दछ इन्द्रावतीले ७० वर्ष अगाडि नेपाली समाजले भोगेको सामाजिक भोगाईलाई जस्ताको त्यस्तै पस्किएको छ । उतिबेलाको समाजको सामाजिक, आर्थिक, सांस्कृतिक अन्तरविरोधहरुलाई अत्यन्त मार्मिक ढंगले पस्किन उपन्यासकार सफल हुनुभएको छ । उहाँको लेखाईले समकालिन समयलाई मात्र प्रतिनिधित्व गर्दैन, एउटा प्रबृतिलाई प्रतिनिधित्व गर्दछ । जुन प्रबृति आज पनि हाम्रो समाजमा सामन्तवादको घिनलाग्दो अनुहार बोकेर गजधम्म बसिरहेको छ ।
उपन्यास इन्द्रावतीमा नेपाली समाजमा सामन्तवादी चिन्तन र सोचको सुत्रपात कसरी कुन रुपमा भयो ? र नेपाली समाजको रुपान्तरणसँग सामन्तवादी हैकम तथा हर्कतले कस्तो स्वरुप निर्धारण ग¥यो भन्ने कुरालाई उपन्यासले चिरफार गरेको छ । उपन्यासमा राणाकालीन र पञ्चायतकालीन सामाजिक व्यवस्थाका कुरा छन् । उपन्यासमा हुकुमसिंह बगाल अर्थात कप्तान काजी तथा उनको परिवारलाई सामन्तको रुपमा प्रस्तुत गरिएको छ । उनले त्यहाँका स–साना जग्गावाल बाहुन, क्षत्री, सन्यासीलाई मुठ्ठीमा पारेका थिए र आफ्ना कुटनीतिद्वारा परास्त गराउँदै या त आफ्ना हैकममुिन आउन बाध्य तुल्याए या त्यहाँबाट उठिबास लागेर भाग्न विवश गर्दथे । उपन्यासमा कप्तान काजी तथा उनको परिवारले स्थानीय माझीहरुमाथि चरम शोषण गर्दछन् । उनीहरुले त्यहि समाजका आधारभुत–उत्पीडित वर्गमा मानिसहरुको प्रयोग गरेर माझी, दनुवार आदि समुदायलाई अत्याचार गर्छन् । यो त्यो समाजको कुरा हो । तर, आज पनि त्यो समाजमा भएका घटनाका प्रबृतिहरु जस्ताको त्यस्तै यो समाजमा पनि भई घटिरहेका छन् । सामन्तवादको रुप पहिरिएर आएको जस्ताको त्यस्तै प्रबृति बोकेर ।
आज देशमा गणतन्त्र आएको छ । हामी २१ आंै शताव्दीमा छौं । तर, समाजमा खासगरी दलहरुभित्र समन्तवाद व्याप्त नै छ । हिजोका कप्तान काजी तथा उनको परिवार आज कतिपय नेताको रुपमा उदाएका छन् । कतिपय नेताहरुले आफूलाई काजी खान्दानको रुपमा उभ्याएका छन् । उनीहरु, काजीहरुले हुक्के र चिलिमेको रुपमा हरे–बुधुने राखेजस्तै आफ्ना अगाडि र पछाडि धुपौरे तथा यसमेन मात्र चाहन्छन् । आर्थिक रुपमा सम्पन्न मानिसहरु रातारात राजनीतिक यात्रामा धेरै चाँडो अगाडि बढिरहेका छन् । उनीहरुलाई संसदको टिकट तथा मन्त्री पद कुनै आकासको फल नै हैन, त्यो सजिलै प्राप्त गर्न सक्छन्, उनीहरु । वषौंदेखि एउटा निमुखो कार्यकर्ता दिनरात नभनी कार्यक्षेत्रमा जतिसुकै काम गरोस् तर जब आर्थिक रुपले सम्पन्न अर्को कुनै पात्रले त्यहाँको टिकट इच्छाएमा निमुखा एक निमेषमा विचरो बनाइन्छ ।
अनि हाम्रा समाज घिनलाग्दा हरे–बुधुनेहरु पार्टीमा भरखरै विराजमान भएको काजी खानदानको भुतप्रेतलाई मेरो प्यारो दाजु, आदरणीय नेता भन्दैै सेल्फी हान्नमै व्यस्त हुन्छन् । कारण उनीहरुको पहुँचमा धनी मानिस सम्पर्कमा आयो, आफ्नो भरअभरको बर्षौ पुरानो साथी सामन्तवादको शिकार भएको र कालान्तरमा आफू पनि त्यहि बादको दुश्चक्रमा फस्ने र सदियौं उठ्न नसक्ने कुरामा हरे–बुधुनेहरु बेखवर रहन्छन् । जसरी उपन्यास इन्द्रावतीमा हरे–बुधुनेहरु सर्वहारा हुँदाहँुदै काजीहरुसँग मिलेर सोझामाथि अन्याय गर्न तल्लीन हुन्छन् । त्यसरी नै गणतन्त्रका हरे–बुधुनेहरु चै ठूला परिवार, धनी मानिस वा हैसियतवालाको पछि लागेर आफू र आफ्ना समुदाय र वर्गमाथि नै अन्याय गरिरहेका छन् । चाकडी बेल्दै उनीहरुको फोटो सामाजिक सञ्जालमा हालेर प्रचार गर्दा इन्द्रावती पात्रका हरे बुधुनेहरुको घिनलाग्दो अनुहार अगाडि आउँछ र थुन्क मन लाग्छ ।
उतिबेलाको समाजमा पनि हरे–बुधुनेहरु लम्पट सर्वहारा थिए र अहिलेको समाजमा पनि लम्पट सर्वहाराहरु आफ्नो वा आफूजस्तै साथीको भाग खोस्दै रातारात नेता हुनआएको कथित पहुँचवालाहरुलाई आफ्नो आदर्श मान्ने बताउँदै गतिवधि गरिरहेका छन् । विद्यमान समाजका असल दुश्मन आजको हरे–बुधुनेहरु नै हुन्, सबै हरे–बुधुनेहरु ! चेतना भया ।