नेपालमा अटोमोबाइल्सको महत्व

कुनैपनि देशको आर्थिक विकासको मेरुदण्ड नै यातायात हो । मुख्यतया यातायातको साधनमा अत्यधिक रुपमा प्रयोग भएको सडक, रेल, जलमार्ग हवाई तथा केवल मार्गबाट हो । हाम्रो जस्तो भूपरिवेष्ठित मुलुकमा जलमार्गको सम्भावना कम मात्रामा मात्र छ । केवल र रेलमार्गको भँैतिक संरचनामा नै अत्यधिक खर्च हुने भएकाले भर्खर सुरुवात हुँदैछ । भौगोलिक परिस्थितिले पनि रेलमार्ग सबैतिर सम्भव छैन । हवाई यातायातको लागि पनि भौतिक संरचना निर्माण तथा विमान खरिदमा धेरै खर्च हुने भएकालेले सोचेअनुसार विकास हुन सकेको छैन भने आम नेपालीको पहुँचभन्दा बाहिर छ । त्यसर्थ हाल नेपालमा सडक यातायात नै सजिलो र भरपर्दो यातायातको माध्यम हो । यद्यपी सडक सञ्जाल पनि त्यति विस्तार हुन सकेको छैन । सरकारले सडक गुणस्तर र सञ्जालको विकास जति चाँडो ग¥यो देशको विकास पनि सम्भव हुन्छ ।

सडक यातायात तथा अटोमोबाइल्स क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ । यसले नेपालमा आर्थिक विकासको साथै Connectivity को काम पनि गरेको छ । यसले एक ठाँउदेखि अर्को ठाउँसम्मको पहुँचले मानिसहरुलाई आवातजावतमा सजिलोको साथै व्यवसायिक क्रियाकलापमा पनि महत्वपूर्ण योगदान पु¥याएको छ । Connectivity ले Mobility को काम गरेको छ । Mobility ले देशकै अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गरेको छ । आर्थिक विकासको लागि यातायात, पर्यटन विकासको लागि यातायात, व्यवसाय विकासको लागि यातायात, भौतिक संरचनाको विकासका लागि यातायात नेपालमा यातायातको साधनमा अटोमोबाइल्स मात्र हाल उपयुक्त सम्भावनाको साधन हो ।

हाल नेपालमा अटोमोबाइल्समा ट्रक, बस, टे«ेक्टर, हेभी ईक्यूप्मेन्ट, कार, जीप, मोटरसाइकललगायतका साधनहरु चलिरहेका छन् । सरकारी यातायात साधनहरुको अपर्याप्तताले यस्ता निजी साधनहरु नै देशको Life-Line बनेको छ । गाउँ र शहरको दुरी छोट्याउने, ओहोरदोहोर गर्न मात्र नभएर व्यवसायीक रुपमा पनि यी साधनहरु प्रयोग भइरहेका छन् । कृषकहरुले आफ्नो उत्पादन फलफुल, तरकारी, पशुपंक्षी, दूधजन्यलगायतका वस्तुहरु गाउँबाट शहरसम्म दैनिक मोटरसाइकल, जीप, ट्रेक्टरबाट बिक्री तथा ओसारपसार गरेर पनि जीविकोपार्जनको काम गरिरहेका छन् ।

भौतिक पूर्वाधारको विकासको लागि ट्रक, टिप्पर, ट्रेक्टर, Heavy Equipment ले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ । पहाडका पाखाकन्दरामा टे«क्टरले यातायात तथा ढुवानी दुबैको काम गरेर पहाडको जनजीवनलाई सहज गर्ने काम भएको छ । देशैभरिका तराई, पहाड, गाउँघरमा मानिसहरु आफ्नो दक्ष अनुसार कृषि, पशुपालन, व्यापार, सानोतिनो उद्योग व्यवसाय गरेर बसाईसराई पनि कम भएको छ । प्राकृतिक तथा धार्मिक पर्यटकहरुको पनि उल्लेख्य बृद्वि भएको छ । देशमै बसेर पौरख गरेर खानालाउन सकिन्छ भन्ने भावनामा बृद्धि भएकोले बैदेशिक रोजगारीमा जानेको प्रतिशतमा कमी आएको छ । आयातमा कमी र निर्यातमा बृद्धि भएर सोधानन्तर घाटा पनि राम्रो हुँदै गएको छ । यो सबै कार्यको लागि यातायातको विकास र यसमा अटोमोबाइल्स क्षेत्रले पु¥याएको भूमिका अपरिहार्य छ । तर, आवश्यक मात्रामा सडकको विस्तार नहुनु, कम गुणस्तरका सडक बन्नु, भौगोलिक अवस्था (पहाडी, हिमाली क्षेत्र बढी हुनु)अनुसार टनेल बाटोहरु बनाउन अत्यधिक धरै खर्च हुने हुँदा अन्य विकल्प बाटो बनाउनुपर्ने बाध्यता छ । जसले भूक्षय र पहिरोको सम्भावना पनि उत्तिकै बढाएको हुन्छ । यातायाताको साधन पुगेको ठाउँमा पनि पार्किङको उचित व्यवस्थापन नहुनु, सडकको सरसफाई र संरक्षण नहुनुले ट्राफिक व्यवस्थापनमा पनि कठिनाई छ । यति हुँदाहुँदै पनि सडक यातायातमा अटोमोबाइल्स क्षेत्रले पु¥याएको योगदान अतुलनीय छ ।

तर, सरकारले अटोमोबाइल्स क्षेत्रलाई हेर्ने दृष्टिकोण भने फरक छ । अटोमोबाइल्स क्षेत्रमा भएको लगानीलाई सरकारले अनुत्पादक, बिलासी वस्तुमा वर्गिकरण गरेर एकातर्फ अत्यधिक कर उठाइरहेको छ भने अर्कोतर्फ बैंक लगानीमा पनि विभिन्न बाधा अवरोध सृजना गरेर व्यवसायमा ठूलो प्रभाव परेको छ । एकातर्फ अटोमोबाइल्स क्षेत्रको कुल राजश्वको २० प्रतिशतभन्दा बढी हिस्सा छ । सबैभन्दा राम्रो बैंक ऋण असुली पनि यसै क्षेत्रमा छ । न त सरकारले सार्वजनिक यातायातको साधन विकास गर्न सकेको छ । यस्तो अवस्थामा पनि अटो मोबाइल्स क्षेत्रलाई गलत दृष्टिकोणले हेरिनु राम्रो होइन । यसले देशकै Econoic को Mobility मा असर पर्छ । नेपालमा अटोमोबाइल्सले सबै क्षेत्रलाई छोएर अगाडि बढेको छ । त्यसैले यो संवेदनशिल पनि छ ।

सडक सञ्जाल विस्तार, गुणस्तरीय बाटो, उचित पार्किङ र ट्राफिक व्यवस्था पूर्वाधार विकासले अटोमोबाइल्स क्षेत्रको विकास पनि सम्भव छ । यसको साथै अत्यावश्यक अटोमोबाइल्स र त्यसको पाटपूर्जाको राजश्वमा पुनरावलोकन, देशभित्रै मोटरसाइकल, गाडीहरुको उत्पादन तथा टायर, मोबिल, अटोमोबाइल्सका उत्पादनलाई प्रोत्साहन ग¥यो भने यस क्षेत्रको विकास सम्भव छ । त्यसैले अटोमोबाइल्स व्यवसायमा ठूलो रोजगारीको सम्भावना पनि छ । देशकै आर्थिक मेरुदण्डको रुपमा रहेको यो व्यवसाय र व्यवसायीलाई प्रोत्साहन गर्न सरकार पनि हट्न हुदैन ।

हाम्रो अल्पविकसित देशमा पूर्वाधारको ठूलो काम गर्न नै बाँकी छ । भौगोलिक परिस्थितिले पनि सडक यातायात नै उपयुक्त माध्यम हो । देशको राजश्वको प्रमुख हिस्सा ओगटेको क्षेत्र, रोजगारीको ठूलो सम्भावना भएको क्षेत्र, पर्यटन व्यवसायलाई प्रत्यक्ष सहयोग गर्ने क्षेत्र, भौतिक पूर्वाधार विकासमा प्रत्यक्ष सम्बन्ध राख्ने क्षेत्र र आम कृषकहरुको जीवनस्तर र आधुनिक कृषिप्रणालीलाई साथ दिने क्षेत्रलगायतका सम्पूर्ण क्षेत्रमा सहयोग पु¥याउने अटोमोबाइल्स व्ययवसायमा पनि प्रचुर सम्भावना छ ।

मङ्गलबार, १३ फागुन, २०७६

प्रतिक्रिया:

सम्बन्धित खवर