अब त्रिबिले दक्ष जनशक्ति उत्पादन गर्ने

विराटनगर ।त्रिभुवन विश्वविद्यालयले पछिल्लो समयमा सञ्चालन गरेको चार वर्षे सत्र (सेमेष्टर) प्रणालीबाट योग्य र दक्ष जनशक्ति उत्पादन दावी गरेको छ ।

विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालयले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा सो दावी गरिएको हो ।

स्नातकोत्तर तह चौथो सत्र, स्नातक तह पहिलो वर्ष, स्नातक कम्प्यूटर एप्लिकेशन( विसिए) दोश्रो, तेश्रो सत्र अभिमुखीकरण तथा पुनःर्ताजकीय कार्यक्रमका सहभागीहरुले सो कुरा बताएका हुन् । सेमेस्टर प्रणालीले विद्यार्थीहरुलाई अनुसन्धानमुलक अध्ययनमा लाग्न प्रेरित गरेको सहभागीहरुको भनाइ थियो ।

देशभरीमा विश्वविद्यालयका आङ्गिक र सम्वन्धन प्राप्त १२६ क्याम्पसमा कम्प्युटर एप्लिकेशनमा अहिलेसम्म ५ सत्रमा ९० प्रतिशत विद्यार्थी उत्र्तीण हुनु सफलता भएको त्रिबिको दावी छ । यसले विदेश पलायनमा नियन्त्रण हुने भन्दै पाठ्यक्रम पनि समय अनुसार परिस्कृत गर्नुपर्नेमा जोड दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.पेशल दाहालले सेमेस्टर प्रणालीले अनुसन्धानमूलक बनाउनका साथै अध्ययनका लागि स्थलगत भ्रमणका व्यवस्थाले सुधार गर्ने बताउनुभयो । प्राध्यापकहरुमा अध्ययन संस्कतिको विकासमा जोड दिँदै उहाँले कक्षा अध्ययन नगराउन गौरव गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो ।

अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. कुसुम शाक्यले अर्थशास्त्र औजार भएकोले घरदेखि राष्ट्रको समृद्धिका लागि यसमा नयाँ परिकृत विषय प्रवेश गराउनुपर्ने बताउनुभयो । मानविकी तथा सामाजिक संकायका डीन प्रा.डा. शिवलाल भुसाल, प्रा.डा.अम्मराज जोशी, प्रा.डा. देवीप्रसाद गौतम र महेन्द्र मोरङ वहुमुखी क्याम्पसका प्रमुख बाबुराम तिमिल्निाले मानवीकी संकायलाई माथि उठाउन र र बजारसँग जोड्ने कार्यमा प्राध्यापक लाग्नुपर्ने बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानवकी संकाय अन्तर्गतको स्नातक तहमा ३९ विषयमा अध्यापन भइरहेको छ भने स्नातकोत्तर तहमा ३५ विषयमा अध्ययन भइरहेको सो अवसरमा जानकारी दिइयो । कार्यक्रममा प्रदेश नं १ र २ का विश्वविद्यालयका ४ सय जना प्राध्यापकहरुले विभिन्न २० विषयहरुमा २ दिनसम्म पुनर्ताजकीय र अभिमुखीकरण कार्यक्रममा सहभागिता जनाउनु भएको छ ।

आइतबार, ११ फागुन, २०७६, दिउँसोको ०३:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर