औद्योगिक विकास, रोजगारी प्रवद्र्धन तथा पर्यटन उद्योगको संभावना

विषय प्रवेश ः
विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित प्रदेश नं. १ विकासको सम्भावना नै सम्भावनाले भरिएको थलो हो । वास्तविक रुपमा प्रदेश नं. १ चारवटा मुलुकहरु भारत, चीन, बंगलादेश तथा भुटानको प्रवेशद्वार पनि हो । नेपालको औद्योगिक विकास तथा राजनैतिक संस्कारको उद्गम विन्दुको रुपमा पनि प्रदेश नं. १ को पहिचान ऐतिहासिक परिप्रेक्षले पहिले नै स्थापित गरिसकेको छ । संघीय संरचनाको कार्यान्वयनसँगै प्रदेश नं. १ मा विकासको सम्भावना र चुनौतीसँगसँगै अघि बढेको देखिन्छ । निरपेक्ष गरिबीको रेखामुनि जीवनयापन गर्न विवश जनताको जीवन उकास्न र सामाजिक आर्थिक विकासको संस्कार स्थापित गर्न सक्नु प्रदेशको मुख्य चुनौति रहेको देखिन्छ । विकासमुखी, सार्थक राजनीतिको अभ्यास तथा औद्योगिक र पर्यटन विकासको रुपान्तरणद्वारा आम जनतालाई गरिबीबाट मुक्ति तथा विकासको अनुभूति प्रदान गर्न सकिन्छ ।

औद्योगिक विकास र रोजगारी प्रवद्र्धन ः
औद्योगिक विकास आर्थिक वृद्धि ९भ्अयलयmष्अ न्चयधतज० को इन्जिन ९भ्लनष्लभ० हो । विराटनगर जुटमिलको स्थापनासँगै औद्योगिक विकासको निरन्तरता यसै थलोबाट स्थापित हुन गएको हो । रोजगारी प्रवद्र्वनका लागि घरेलु र साना उद्योग श्रम प्रधान प्रविधिको उपयुक्त माध्यम बन्न सक्दछ । पूँजीको अपर्याप्तता दक्ष श्रमिकको अभाव, आधुनिक प्रविधि र कुशल उद्यमशिलताको अभावको काराण ठूला उद्योगहरुको स्थापना चुनौति नै रहेको देखिन्छ । वर्तमान परिप्रेक्षमा घरेलु उद्योगको विकासलाई औद्योगिक विकासको अभियानको रुपमा प्रतिस्थापित गरि एकातिर अर्धदक्ष ९क्झष्(क्पष्ििभम० श्रमिक तथा जनशक्तिलाई रोजगारीमा समाहित गरि आर्थिक बृद्धि ९भ्अयलयmष्अ न्चयधतज० को मार्गलाई सहन बनाउन सकिन्छ ।

मैनवत्ति, अगरवत्ति, धातुका भाँडाकुडा, हस्तकलाका वस्तुको उत्पादन, हस्त निर्मित सुति कपडालगायतका घरेलु उद्योगको विकासद्वारा रोजगारी सृजनाको प्रत्याभूति गर्न सकिन्छ । घरेलु तथा साना उद्योगको विकास अभियानलाई आत्मसाथ गर्दै मझौला तथा ठूला उद्योगहरुको सम्भावित क्षेत्रहरुको पहिचान तथा तीनको रुपान्तरणलाई प्रोत्साहन गर्नु आजको आवश्यकता हो । कृषिजन्य उद्योगजस्तै जुट उद्योग, चियाउद्योग, चिनी उद्योग, प्रशोधित फलफुल जुस उद्योगको अभियानलाई अंगिकार गर्न सकियो भने प्रदेश नं. १ नेपालमा औद्योगिक विकासको अभियन्ता प्रदेशको रुपमा आफ्नो पहिचान स्थापित गर्न सक्दछ । तर, चिनी उद्योगको विकासको नाममा उखु किसानको प्रतारणा जस्तो घटना कायमै रहनगयो भने आर्थिक विकास र किसानप्रतिको न्याय ओझेलमा पर्नसक्दछ । यो सबैका लागि चिन्ताको विषय बन्नसक्दछ ।

घरेलु उद्योग प्रदेश नं. १ को लागि ‘क्mबिि ष्क दभबगतषग’ि को प्रतिक बन्नसक्दछ । भने मझौला र ठूला उद्योगहरु विकास र समृद्धिको पहिचान स्थापित गर्न सक्दछ । उपयुक्त आधारमा रोजगारीको सृजनाले गरिब तथा उत्पीडित वर्गलाई जीविकोपार्जनको आधार बनाउन सकियो भने यसले समाजिक न्यायको सिद्धान्तको गरिमाको रक्षा हुनेछ । प्रदेश नं. १ औद्योगिक विकासलाई आफ्नो संस्कृति बनाउन सक्यो भने विकासमुखी अप्रदेशको रुपमा यसको पहिचान आफैं स्थापित हुनजान्छ । द्यबअपधबचम र ँयचभधबचम ीष्लपबनभ तथा ज्यचष्शयलतब िर ख्भचतष्अब िऔद्योगिक विकासले मात्र विकासको पहिचान स्थापित हुन सक्दछ ।

नेपाल पर्यटन गन्तव्य तथा म्भकतष्लबतष्यल ब्कष्ब ः
नेपालमा प्रकृति प्रदत्त सगरमाथालगायत विभिन्न हिमश्रृंखलाहरु, विभिन्न नदिनाला, प्राकृतिक वनस्पति, हरिया वनहरु, हरियालीले ढाकिएका पहाडहरु, प्राकृतिक वन्यजन्तु, तराईका फाँटहरुलगायत प्राकृतिक उपहारले भरिएका विभिन्न घटकहरुको उपस्थितिले पर्यटन विकासको सम्भावना उच्च रहेको देखिन्छ । प्राकृतिक सौन्दर्यको दृष्टिले नेपाललाई यूरोपेली पर्यटकहरु माझमा म्भकतष्लबतष्यल ब्कष्ब को रुपमा विवेचना हुन्छ । भारतलगायत चीन, जापान, इन्डोनेशियालगायत दक्षिण एसियाका धार्मिक तिर्थालु पर्यटकको बाहुल्यता हुन्छ । तर, प्राकृतिक सौन्दर्यको अवलोकनका लागि विदेशी खासगरी युरोपेली मुलुकका पर्यटकहरुको पहिलो रोजाई नेपाल नै हो । तर, यूरोपेली आकाशमा नेपालको हवाई यातायात प्रतिबन्धित हुनु पर्यटन विकासको लागि हाम्रो चिन्ता बढ्दै गएको छ । पर्यटन उद्योगसँगै जोडिएका यातायात, होटेल व्यवस्थापन, पदयात्रा व्यवस्थापन सम्बन्धी एजेन्सीहरुलगायत अन्य क्षेत्रमा अनेकौं रोजगारीको सृजना हुनसक्ने प्रवल सम्भावना छ । र केहि हदसम्म रोजगारी श्रृजित पनि भएको छ । तरपनि सम्भावनाको हिसाबले रोजगारीको अवसर अपेक्षाकृत निकै कम रहेको देखिन्छ ।

पर्यटन विकासको संभावनाको दृष्टिकोणले प्रदेश नं.१ सुखद् अवस्थामा रहेको देखिन्छ । प्रकृतिप्रदत्त विश्वका १० वटा ठूला शिखरहरुमध्ये पाँचवटा यसै प्रदेशमा रहेको तथ्य विदितै छ । धार्मिक पर्यटनका दृष्टिकोणले वराहक्षेत्र, चतराधाम, पाथिभरा दर्शन, हलेसी महादेवलगायतका हिन्दु धर्मावलम्बीहरुका लागि प्राणरक्षक तिर्थस्थलहरुले गर्दा धार्मिक पर्यटनको सम्भावना पनि यो प्रदेशमा अति नै उच्च रहेको देखिन्छ । पर्यटन उद्योग एक्लोको विकासले पनि प्रदेश नं. १ को आर्थिक दृष्टिले सकारात्मक कायाकल्प हुनसक्दछ । जोगवनी किमाथांका सडक बाटोको निर्माणले नेपाल ट्रान्जिट प्वाइन्ट मात्रै नभई, चीन तथा भारतीय पर्यटकका लागि उपयुक्त गन्तव्य बन्ने सम्भावना पनि उत्तिकै रहेको देखिन्छ । समग्रमा पर्यटन क्षेत्रको उपयुक्त विकासले प्रदेश नं.१ आर्थिक विकासको नयाँ उदाहरण तथा सन्देश नेपालका अन्य प्रदेशहरुलाई प्रदान गर्नसक्ने स्थितिमा रहेको अनुभुति गर्न सकिन्छ ।

सान्दर्भिक सारांश ः
नेपाल तथा प्रदेश नं. १ को आर्थिक विकासको अभियानलाई टाउकोमा राखेर औद्योगिक विकासको आधारशीलालाई क्रमिक रुपमा बलियो गर्दै गयौं भने रोजगारीका नयाँ अवसरहरुको प्रशस्त हुँदैजान्छ । पर्यटन विकासको क्रममा यूरोपेली चिन्तन म्भकतष्लबतष्यल ब्कष्ब को केन्द्रविन्दु प्रदेश नं. १ बन्नसक्ने सबै सूचकहरु अनुकुल छन् । तसर्थ प्रदेश सरकारको नेतृत्वमा समग्र समाज वौद्धिक वर्ग, कर्मचारी, उद्योगी व्यवसायी तथा यो माटोलाई माया गर्ने प्रत्येकले सकारात्मक सोचाई र सार्थक प्रयास थाल्यौं भन्ने आर्थिकवृद्वि, रोजगारीको अवसर आम मान्छेको जीवनस्तरमै पनि न्यायोचित आर्थिक विकासका परिणामहरु प्रतिविम्वित हुँदै जाने अवस्थाको अनुभूति अहिले नै गर्न सकिन्छ ।

शुक्रबार, ०९ फागुन, २०७६

प्रतिक्रिया:

सम्बन्धित खवर