विराटनगर । नेकपा (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान’ आजदेखि पुनः सुरु गर्दैछ। आज बाराबाट अभियान सुरु गर्न लागिएका माओवादी केन्द्र मधेस प्रदेशका इन्चार्ज मातृका यादवले जानकारी दिए।
अभियानमा सहभागी हुन अध्यक्ष प्रचण्डसहितका नेता आज दिउँसो बारा जाँदैछन्। ‘ गएको फागनु २४ गते रौतहटमा पुगेपछि माओवादीले अभियान स्थगित गरेको थियो। फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही हुँदै रौतहट पुगेपछि स्थगित भएको थियो।
हुलाकी मार्ग हुँदै सञ्चालन भइरहेको यो अभियान सुदूरपश्चिमको कञ्चनपुर पुगेर समापन गर्ने माओवादीको तयारी छ।