विराटनगर । मन्त्रिपरिषद्ले पारित गरेको नेपालको नयाँ राजनीतिक नक्सा आज मुख्य सचिव लोकदर्शन रेग्मीले प्रमाणिकरण गर्नुभएको छ । ७ प्रदेश ७७ जिल्ला, ७५३ स्थानीय तह तथा यस अघि छुटेको नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा आजै सार्वजनिक हुने बताइएको छ ।
प्रमाणित नयाँ नक्सा बुधबार भूमि व्यवस्था मन्त्रालयले सार्वजनिक गर्ने तयारी गरेको र सो नक्सामा नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५१६ वर्ग किलोमिटर कायम गरिएको बताइएको छ । यसअघिको नक्सामा नेपालको क्षेत्रफल १ लाख ४७ हजार १८१ वर्ग किलोमिटर छ ।