विराटनगर । नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी, तराई मधेश जागरण अभियान’मा नेपाल समाजवादी पार्टी -नेसपा_का अध्यक्ष महेन्द्र राय यादव पनि जोडिएका छन् ।
सुनसरीको बर्जु गाउँपालिका-१ शुक्रबारेबाट आज यादव माओवादीको तराई-मधेश केन्द्रित यो अभियानमा मिसिएका हुन् ।
यादवलाई माओवादी अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए।माओवादीका नेताहरुका अनुसार यादव अभियानका क्रममा प्रचण्डसँगै हिंड्नेछन् ।
बाबुराम भट्टराईबाट छुट्टिएका यादव नेतृत्वको नेसपा र माओवादीबीच पार्टी एकताका लागि छलफल हुँदै आएको छ ।