बिर्तामोड । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झापामा नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्वहरूलाई सम्मान गरेका छन् ।
झापाको कचनकवलमा अग्रज कम्युनिष्ट व्यक्तिहरू हरि अधिकारी र बेदनिधि निरौलालाई आज सम्मान गरेका हुन् ।
सम्मान गर्दै प्रचण्डले हिजो क्रान्तिको प्रतिक मानिने झापालाई अहिले प्रतिक्रान्तिको प्रतीक बन्ने खतराबाट जोगाउनु जरूरी रहेको बताए । झापाको अब समाजवादी क्रान्तिको लागि भूमिका खेल्नुपर्ने उनले बताए ।
माओवादीले आजबाट सुरु गर्न लागेको तराई मधेश जनजागरण अभियान उद्घाटन गर्न प्रचन्डसहितका नेताहरु झापामा छन् । आज उद्घाटन भई एक महिनासम्म चल्ने अभियानमा प्रचण्डसहितका नेताहरु तराई मधेशमै रहनेछन् ।