विराटनगर । साताको पहिलो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले घटेको छ।
नेप्से परिसूचक २१.१२ अङ्कले घटेर २६०९.५८ को विन्दुमा बन्द भएको हो । आज बजारमा १ करोड १० लाख ९९ हजार २३९ कित्ता शेयरको खरिद बिक्री हुँदा ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैङ्क, सिन्धु विकास बैङ्क, सपोर्ट माइक्रोफाइनान्स र जानकी फाइनान्सको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ ।
महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य भने, सर्वाधिक १० प्रतिशतले बढेको छ ।गत साताको अन्तिम कारोबारका दिन पनि विकास बैंकहरूको शेयर मूल्यमा सबैभन्दा बढी १० प्रतिशतले गिरावट आएको थियो ।
आइतबार बजार पुँजीकरण ४३ खर्ब २८ अर्ब रुपैयाँ बढी रहेको छ ।