
मणि दाहाल
हामीले लोकतान्त्रिक गणनत्त्रमक राज्यव्यवस्थालाई आत्मसाथ ग¥यौं । यसैमाथि टेकेर समाजवादको मधुर संगीतको परिकल्पना ग¥यौं । त्यसलाई दस्तावेजीकरण गर्नसम्म सफल भयौं । आवधिक निर्वाचन, समानुपातिक तथा समावेशी मान्यता स्थापित गर्यौं । सम्वृद्धि, सुशासन र समाजवाद हाम्रा प्रमुख लक्ष्य बने । संविधानमै लिपिबद्ध भएका उल्लेखित सवालहरुलाई हेर्दा वास्तवमै हाम्रो संविधान संसारकै उत्कृष्ट संविधान जस्तो लाग्छ । तर, हामी जहाँको त्यहिं छौं ।
यति लामो अवधिसम्मको राजनीतिक अभ्यासमा हामीले जनतालाई आर्थिक, सामाजिक र संस्कृतिक रुपमा सम्वृद्धशाली बनाइसक्नु पर्ने थियो । आज उनीहरुको दिनचर्या नवीन खोज र अनुसन्धानात्मक दृष्टिकोणतर्फ केन्द्रित हुनुपर्ने थियो । जनतामा अन्तरनिहित गलत सोच र प्रवृतिमा सुधार आउनु पर्ने थियो । उनीहरु अनुशासित, कर्तव्यनिष्ठ र जिम्मेवार नागरिक बन्नु पर्ने थियो । हामीले त्यसो गर्न सकेनौं । अभाव, बेरोजगारी र कुशासनको उपहार मात्र दियौं । कुशासनबाट पीडित जनताको आक्रोशले रामायण पढिरहेको छैन । फलस्वरुप आज आम अराजकता मुलुकको विशेषता बन्न पुगेको छ । अनुशासनहीनता र उत्ताउलोपन जनताको नियति बनेको छ । कारण के हो ? समस्या नीतिगत हो या कार्यगत ? यस बारेमा जानकार हुनु जरुरी छ ।
हामीले देशलाई सम्वृद्ध र जनतालाई सुखी बनाउन नसकेकै हो । आर्थिक पछौटेपन तथा पथभ्रष्ट सामाजिक चेतनामा आमुल परिवर्तन गर्न पनि नसकिएकै हो । पञ्चायतदेखि आजसम्मको भ्रष्टचारको संगठित जालोलाई राजनीतिक झण्डामा संरक्षण गर्नु हाम्रो नियति बन्यो । उल्लेखित सवालरु हाम्रा कष्टकर जिन्दगीका कारक हुन । तर, यसो भनिरहँदा के यहि कारणमात्र हो त ? अवश्य हैन । उल्लेखित सवालहरु साहायक हुन् । मूल कारण भनेको हाम्रो शासनपद्धति र हामीले अवलम्वन गरेको शासन प्रणली नै हो ।
वर्तमान राज्यव्यवस्था अन्तरगतको शासन प्रणाली र शासकीय स्वरुप जनताको पक्षमा हुन सकेन । हामीले मिश्रित निर्वाचन प्रणलीलाई अवलम्बन ग¥यांै तर यो असफल सावित भयो । हाम्रोजस्तो राजनीतिक अचेत र विपन्न समाजमा यो प्रणाली र त्यसका आधारमा बनेको संसद नोकरशाहि वर्गको परेडस्थल भइरहेको छ ।
केही अपवादवाहेक हाम्रो निर्वाचन प्रणलीमा नैतिकवान र इमान्दारहरु निर्वाचित हुनै सक्दैनन् । निर्वाचित हुनेले पनि तिनै नोकरशाही वर्गको हित प्रतिकुलताको काम गर्न सक्दैनन् । निर्वाचनमा करौडौं खर्चिनेहरुले भ्रष्टाचारको सहारा खौज्नै पर्छ । आजसम्म त्यो भइनै रहेको छ ।
विविधतायुक्त देशमा समानुपातिक निर्वाचन प्रणाली वेज्ञानिक विधि हो । तर, यसलाई वर्गीयकरण गर्न सकिएन । यसलाई लैंगिक र नश्लीयकरण ग¥र्यौं । त्यसैले यो प्रणाली अभिजात वर्गकै हातमा रहन पुग्यो । जुन ढंगबाट समानुपातिक प्रतिनिधित्व गराइँदैछ त्यसले आधारभूत तहको पक्षमा नीति बनाउन सकेन । उनीहरु नाममात्रका प्रतिनिधि बन्ने अवस्था रह्यो ।
कहिलेकाहिं राम्रो कुराको परिणम राम्रो नआउने रहेछ । समानुपातिक प्रणाली हाम्रालागि त्यस्तै देखियो । समानुपातिक प्रणालीलाई अन्तरदलीय लोकतन्त्रमा ढाल्नु पर्ने थियो । सोही बमोजिक कानुन बनाइनु पथ्र्यो । तर, हामीले यसो नगरी यसलाई नीति निर्माताको निगाहको वस्तुमा रुपान्तरण गरिदियौं । समावेशिका नाममा नीति निर्माताका परिवारका सदस्य र प्रेमिकासम्मको पजनीमा हामी अग्रसर भयौं । हाम्रै गलत कार्यशैलीको कारण समानुपातिक प्रणली बदनाम भयो । धमिलो पानीमा माछामार्न खप्पिसहरुले यसैमाथि टेकेर जनतामा भ्रम फैल्याइरहेका छन् ।
आज जनता राज्य उपेक्षित छन् । सुशासन, नियमकानुन, कर्मचारीतन्त्र मात्र होइन आफैंले जिताएर पठाएका जनप्रतिनिधिसमेत हामी जनताको पक्षमा छैनन् । राज्यबाट जनताले सेवा लिन झेल्नुपर्ने कष्ट भनिसाध्य छैन । कथित भू उपयोग नीतिको नाममा जनताले आफ्नो निजी सम्पत्ति बेच्न र चाहेका बखत किन्न पाउँदैनन् । यस्ता अनेकौं दृष्टान्त छन् जसले यो प्रणली पंहुचवाला सीमित वर्गको हितमा मात्र छ ।
राजनीति जनताको चेतनास्तरले निर्धारण गर्छ । चेतनाले समग्र सम्भावनाको ढोका खोल्छ । तर, हामी औपचारिकरुपका शिक्षित मात्र भयौं । सामाजिक र राजनीतिक रुपमा साक्षरसम्म हुन सकेनौं । हाम्रो प्रवृत्ति सनातनीभन्दा माथि उठ्न सकेन । सामान्तवादको अवशेषले हाम्रो मानसिकतालाई गतिशील र प्रगतिशील बनाउन सकेन । हाम्रा राजनीतिक अभियानले सामाजिक र सांस्कृतिक क्रान्तिको आवश्यकता महसुस गराउन सकेन । आयातित संस्कृतिले हाम्रो मानसिकता स्वार्थी र पथभ्रष्ट बनाइदियो । हामी सामन्तवादी सोच र दृष्टिकोण भन्दा माथि उठ्न सकेनौ ।
मालिकवादी मानसिकताले चाकडीवादलाई प्रोत्साहित ग¥यो । हाम्रै कारणले नीति निर्माता शासक र जनता शासित भइरहे । मालिकहरुको रजाइँ चलिरहेको छ हामी ताली बजाइरहेका छौं । के यो नीतिगत त्रुटी होइन र ?
हामीले आजसम्म राजनीति नै गरेनौं । राजनीतिको नाममा अनेकौं खेलमात्र ग¥यौं । २०४८ देखि आजसम्म सत्ताको रसपान र त्यसकै आडभरोसामा राष्ट्रिय सम्पत्ति दोहन गर्न व्यस्त भयौं । विदेशीको बफादार भयौं तर राष्ट्रिय गौरव र आत्मसम्मान हाम्रो प्राथमिकता बन्न सकेन । विस्थापित भैसकेका राजा रजौटाहरुलाई राजकीय सम्मान दिँदा हाम्रा होस खुलेन जसले आज उनीहरुको हर्कत हेर्नुपर्ने नियति आइपरेको छ । यी सबै सवालले हाम्रो चिरहरण हँुदासम्म हाम्रा आँखा खुल्न सकेको छैन । दलीय गुटबन्दीको दासत्वमा देवत्वकरण र राक्षसीकरणको लाइनमा लठुवा पारामा लामबद्ध छौं । अनि हामीले दुःख नपाएर कसले पाउँछ ? अब पनि नीतिगतत्रुटि र विकृतिको बारेमा मुख नखोल्ने ? बाकिी तपार्इँहरुकै हातमा ।