विराटनगर । प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगितामा विराटनगरको रंगशाला भेट्रान्स फुटबल क्लब सेमिफाइनलमा पुगेको छ ।
ग्रामथान गाउँपालिका ७ गणेश माविको खेल मैदानमा बुधबार भएको खेलमा जनता भेट्रान्स क्बललाई ४–२ गोलले टाइब्रेकरमा हराउँदै रंगशाला भेट्रान्स क्बल सेमिफाइलनमा पुगेको हो । निर्धारित समयसम्म २–२ गोलको बराबारी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो ।
खेलको प्लेर अफ द च्याच रंगशाला भेट्रान्सका गोलकिपर सुरेन्द्र चौधरी घोषित भए । उनले नगद एक हजार पाए ।
बिहीबारको खेल राइजिङ भेटान्स इटहरी र ढल्केजवान भेट्रान्स इटहरी सुनसरीबची हुने टाईगर क्लव ग्रामथानका अध्यक्ष मुक्ति गच्छदारले जानकारी दिए ।
प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताका विजेतालाई ३१ हजार, उपविजेतालाई २१ हजार र ट्रफि रहेको छ । फाइनल खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद ७ हजार, बेष्ट प्लेयर र बेष्ट किपरलाई ५ हजार पाउनेछन् ।