विराटनगर । जसपा अशोक राई समूहले झापा, मोरङ र सुनसरीलाई कोचिला राष्ट्रिय समिति बनाउने भएको छ । जसपा अशोक राई समूहका कोशी प्रदेश सचिव तथा झापा, मोरङ, सुनसरी जिल्लाका ईन्चार्ज दुर्गा सुवेदीले उक्त जानकारी दिएका हुन् ।
उनले पहिचानको आन्दोलनलाई निरन्तरता दिने र कोशी प्रदेशको नाम खारेजीको माग गर्दै आन्दोलन पनि गर्ने जनाए । यस्तै कोशी प्रदेश भित्रका वडा, पालिका, जिल्ला र झापा, मोरङ, सुनसरी राष्ट्रिय समितिहरू भदौको अन्त्यसम्म गठन तथा रूपान्तर गरिसक्ने सुवेदीले जनाए ।
यस्तै भदौ २२ गते प्रदेशस्तरिय महिला, विद्यार्थी, युवा भेला ईटहरीमा आयोजना गरिएको उनले बताए । उपेन्द्र यादव नेतृत्वको जसपाबाट गत वैशाख २४ गते विभाजन भएपछि राई समूहले संगठन विस्तारलाई तीब्रता दिइरहेको छ ।