ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

विराटनगर । ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकानुसार आज दिउँसो ४ः०४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि साउन १३ गते ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रविन्दु भएर चार दशमवल एक रेक्टर स्केलको भूकम्प गएको थियो ।

आइतबार, २० साउन, २०८१, साँझको ०६:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर