काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागि गराउने भएका छन् । नागरिक उन्मुक्तिलाई सरकारमा सहभागि गराएर मन्त्रिपरिषद् पुनर्गठनको तयारी प्रधानमन्त्री जुटेका छन ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले केही दिनभित्रमा मन्त्रिपरिषद् पुनर्गठन हुने जानकारी दिए ।
नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत समेत दिएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेकालाई फिर्ता बोलाएर सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाएर नाउपालाई सरकारमा लाने तयारीमा प्रधानमन्त्री रहेको स्रोतले जनाएको छ । नागरिक उन्मुक्तिले अध्यक्ष रञ्जिता श्रेष्ठलाई नै सरकारमा पठाउने तयारी गरेको छ ।
यस अघि पनि श्रेष्ठ प्रचण्डको सरकारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेकी थिइन् । प्रतिनिधि सभामा नाउपाका ४ सांसद छन् ।