बचत रकम माग्न जादा धम्की दिने म्यानेजर खड्काविरुद्ध प्रहरीमा उजुरी

विराटनगर ।  बचत गरेको रकम माग्न जादाँ ‘नयाँ जीवन वचत तथा ऋण सहकारी संस्था लिमिटेड’विराटनगरका म्यानेजर प्रभात खड्काले गाली गलौज गर्दै कुटपीट गर्ने धक्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ ।

बचतकर्ता विराटनगर महानगरपालिका–९ निवासी कविता कुमारी साह र उनका श्रीमान राजेन्द्र प्रसाद साह रहेका छन् । उनीहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमा सहकारीमा बचत गरेको रकम उपलब्ध गराई दिनको साथै अपमानजनक शब्द प्रयोग गर्दै कुटपिट गर्ने धक्की दिएको उजुरीमा उल्लेख गरेका छन् ।

रेडिमेट कपडाको ब्यवसाय गर्दै आएका साहले दैनिक २ सय रुपैयाँका दरले सो सहकारीमा बचत गर्दै आएका थिए । पछिल्लो समय सहकारी सञ्चालकाहरु फरार हुन थालेपछि बचत गर्न बन्द गरेर हिसाव गरि खाता बन्द गरेका साहले समयावधि पुगेपछि रकम माग्न सहकारी गएका थिए । तर रकम माग्दा आजभोली गर्दै आएका प्रबन्धक खड्काले अपशब्द प्रयोग गरी पैसा नदिने भन्दै गालीगलोज गरेको साहले बताए । उनले आफ्नो आमा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा आइसियुमा भर्ना भएकाले बचत रकम माग्न जाँदा खड्काले पैसा दिन्न र दिनै पर्यो भने पड्काएर (कुटपिट गरेर) मात्रै दिने भन्दै धम्की दिएको साहले बताए । उनका अनुसार सो सहकारीमा ३४ हजार १ सय ३९ रुपैयाँ सावा र त्यसको ब्याज लिन बाँकी रहेको छ ।

आफूले हिसाव गरेको ५ महिना पछि समयावधि पुगेको समयपछि पनि १५ पटक भन्दा बढी सहकारी पुगेको उनले बताए । रकम माग्न जाँदा १५ दिन र एक महिनाको समय लिँदै विभिन्न बहाना बनाएर आलटाल गर्ने गरेको उनको आरोप छ । उनले सो सहकारीमा २०७८ वैशाख १६ गतेदेखि बचत गर्दै आएका थिए ।

शुक्रबार, २१ बैशाख, २०८१, बिहानको ०६:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर