वेस्टइन्डिज एुविरुद्धको तेस्रो खेलमा नेपाल पराजित

विराटनगर । वेस्टइन्डिज एुविरुद्धको तेस्रो खेलमा नेपाल पराजित भएको छ । ७६ रनको फराकिलो अन्तरले पराजित बनेको हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर २ बलमा अलआउट हुँदै १५१ रनमा समेटिएको छ । नेपालको पारीमा लोकेश बम र करन केसीले सर्वाधिक २८, कुशल मल्लले २० र विनोद भण्डारीले १९ रनको योगदान गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले जोन्सन चार्ल्सको ११९ र आन्द्रे फ्लेचरको ५३ रनको मद्दतले २२७ रनको विशाल योगफल तयार पारेको थियो ।

बुधबार, १९ बैशाख, २०८१, दिउँसोको ०४:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर