मुख्यमन्त्री कार्की बोल्न लाग्दा पीडित पत्रकारले गरे प्रदर्शन

विराटनगर । गत कार्तिक १७ गते सप्तकोशीमा डुबेर घाइते बनेका पत्रकारको उपचार खर्च सहितको क्षतिपूति दिन प्रदेश सरकार र सशस्त्र प्रहरी दिन आलटाल गरेको भन्दै पीडित पत्रकारले प्ले कार्ड सहित प्रदर्शन गरेको छ ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशको तेश्रो अधिवेशनको उद्घाटन सत्रमा मुख्य मन्त्री केदार कार्की बोल्न लाग्दा पीडित पत्रकारहरुको तर्फ वाट जितेन्द्र ठाकुरले प्ले कार्ड सहित प्रदर्शन गरेका हुन । आधा दर्जन पटक मुख्यमन्त्रीको सचिवालय वाट क्षतिपुर्तिको तथ्याङ्ग लिए पनि हालसम्म नदिएको भन्दै पत्रकार ठाकुरले कोशीमा डुबेका पत्रकारलाई क्षतिपूती देउ भन्दै प्लेकार्ड सहित प्रदर्शन गरिएको हो ।सप्तकोशीमा डुब्दा पत्रकारहरुको मोवाइल, नगद तथा क्यामेरा गरी झण्डै ५ लाख रुपैयाँ भन्दा बढीको सञ्चार उपकरणहरु काम नलाग्ने भएको थियो ।

सप्तकोशी नदीस्थित पुलमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्धार परीक्षण कार्यक्रमको समापनको अवसरमा ‘डेमो’ देखाउन भन्दै सशस्त्र प्रहरीले पत्रकार भेला गरेको थियो । त्यसक्रममा ‘डेमो’ देखाउनुको साटो क्षमताभन्दा बढीलाई डुंगामा चढाएको कारण सप्तकोशीमा दुर्घटना भएको थियो ।

त्यसबेला आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मा मुख्यमन्त्री केदार कार्कीले नै लिएका थिए । प्रदेश सरकारका जनसम्पर्क अधिकृतसमेत रहेका पत्रकार महासंघ प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरेले कार्यविधिमा १५ हजार मात्रै क्षतिपूर्ति दिने व्यवस्था रहेकोले त्यसलाई सच्याएर पत्रकारलाई उपचार खर्च र हराएको, बिग्रेको सामान बुझाएअनुसार सोही सामानको मूल्य बराबरको रकम क्षतिपूर्ति उपलब्ध गराइने अश्वासन दिदै आएका थिए । तर हाल सम्म दिने कुनै संकेत नआएकाले आफुले मुख्यमन्त्रीलाई स्मरण गराउन प्लेकार्ड सहित प्रदर्शन गरेको पत्रकार ठाकुरले बताए । दिन भन्दै धेरै नै आलटाल गरेको बुझे पछि स्मरण गरायो ,पत्रकार ठाकुरले भने –‘ अव हरेक कार्यक्रममा स्मरण गराउने नै छु ।‘

पत्रकारहरुलाई सशस्त्र प्रहरीले गाडीमा हालेर लगेको थियो । सशस्त्र प्रहरी कोशी प्रदेशका प्रमुख डिआइजी अञ्जनी पोखरेलले प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले क्षतिपूर्ति दिने गरी आफूहरुले सिफारिस गरेको बताउदै आएको छ ।

दुर्घटनामा चार पत्रकारसहित ११ जनाको टोली डुबेको थियो । दुर्घटनामा कान्तिपुरकर्मी खतिवडा, साह र पोखरेल तथा पत्रकार कुमोद अधिकारी, जितेन्द्र ठाकुर घाइते भएका थिए । सशस्त्र प्रहरी बलको बराह बाहिनी सुनसरीले सुरु गरेको गोताखोर तालिमको समापनको अवसरमा कृत्रिम अभ्यास गराउने तयारी थियो । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वय तथा सहकार्यमा नेपालमा चौथो पटक भएको ‘सिसम–४’ गोताखोर तालिममा दुई जना जनपथ र १८ सशस्त्र प्रहरी गरी जम्मा २० जना जवानहरू प्रशिक्षार्थीको रूपमा सहभागी थिए । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की थिए ।

बुधबार, १९ बैशाख, २०८१, दिउँसोको ०४:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर