रेवती ढुङ्गाना ‘रफ्तार’
बिचित्रको डरलाग्दो अग्लो सरिर, लामोलामो जरखरिएको केस, हट्टटाकट्टा खाइलाग्दो जिउडाल, आबलडेबल परेर नमिलेका दाँत, ठुलो, रुखो, धोद्रो र असभ्य बोली, परक्क पारेर घुमाएका जुंगा, अनि जेसुकैलाई नराम्रो मात्रै सोच्ने र देख्ने उसको परिचय थियो। यतिसम्मकी कोहि जनको अकालमा मृत्यु भयो र घाटमा मलामि गएको अवस्था छ भने पनि छेउछाउमा उरण्ठेउला भेला पारेर उन्मुक्त हाँसोमा तिनीहरुलार्इ नानाभाती कुरा गरेर उत्सबनै मनाए जसरी रमाइरहनु उसको असली चरित्र थियो। मानौं त्यहाँ एक किसिमको रमाइलो मेला नै चले जस्तो हुन्थ्यो। सत्यलाई बङ्ग्याउनु र असत्यलार्इ साबित गर्नु उसको दिमागी कसरत हुन्यो। पुरानो उसको यो असभ्य र खिच्चो बानिले समाजमा बैराग्य नै चलाउँथ्यो।
कुनै घरमा दुःख पीडा भएको उसले थाहा पायो कि मजाक बनाएर उडाउन थालिहाल्थ्यो। कोहि मानिसनरु मिलेर हिँड्न ,मिलेर खान बस्न र दुःखसुख साटासाट गर्न त उसको अगाडि हुँदै हुदैनथियो। तीन नेत्र बलेर आइहाल्थ्यो उसको। घरघरमा झगडा लगाउनलाई तानाबाना बुनेर बसिरहन्थ्यो। मिलेर बसेका बाउ छोरा छोरीको, श्रीमान श्रीमतिको, छिमेकी छिमेकीको बिचमा अनेकथरी कुरा लगाएर लडार्इं झगडा र मारपिट गराउनु उसको अर्को मेहनती कर्म थियो। तैले गलत कुरा गरिस् भनेर कसैले भन्न हुदैनथियो, प्वाक्क हिर्काईहाल्थ्यो । ताल परे २।४ महिनालाई थला बसाइदिन्थ्यो। दायाबायाँ कुरै गर्न नहुने अवस्था थियो।
सोझा सिधा मान्छेलार्इ यतिसम्म मुर्ख बनाउथ्यो कि कसैलार्इ पेट कब्जियत भयो भने साबुन पानी खानुपर्छ ठिक भइहाल्छ भनेर सुझाब दिन्थ्यो।
कसैको बारीमा राम्रो चिज उब्जियो भने थपक्क टिपेर लिएर हिड्थ्यो। नयाँ कपडा किनेर ल्याएर लाएको देखेपछि खोसेर लागिदिन्थ्यो। टाट्नामा बाँधेको खसी फुकाएर लगेर काटेर खाइदिन्थ्यो। अन्नबाली, फलफुल उसकै पहिलो निशानामा हुन्थ्यो। महिला बालबालिकालाई उसँग जोगिन ठुलै संघर्ष हुन्थ्यो। यस्तै यस्तै कहालिलाग्ने उटपट्याङ काममा उसको दैनिकी चलिरहन्थ्यो।
उसका यी कर्मको मुक्तकण्ठले प्रशंसा गर्नु उसका सन्तानको धर्म थियो। उसले गलत कुरा गर्छ भनेको उसका सन्तानले सुने मात्र भने पनि अब गाउँघर भरि आतङ्कै सुरु भैहाल्थ्यो। उसको परिवार नै एक स्वरमा छिमेकिहरुको बिरुद्धमा कालो अरिङ्गाल जसरी खनिइहाल्थे। उसको बिरोधमा बोल्नु भनेको करिब करिब समाज छाडेर हिँड्नु जत्तिकै महङ्गो थियो। यस्तै चल्दाचल्दै एकदिन अचानक उसको हर्टअट्याकको कारण अल्पायुमै मृत्यु भयो। उसको मृत्युको खबर गाउँभरी सनसनिपूर्ण रुपमा फैलियो। सिङ्गो गाउनै एकाएक उत्सवमय बन्न पुग्यो। गाँउको बोक्सो कुकुर मरेको भनी हल्ला मच्चाइयो। यसबेला अरुको पीडामा रमाउने बानी परेको उसको परिवारप्रति समवेदना दिने कोहि भएनन्।
उसको मृत्यु कुकुरसँग तुलना भयो। अन्धभक्त उसका परिवारका सदस्यहरु डाको छोडेर पार्थिब शरिरको छेउमा बसेर बिलौना गरिरहँदा छिमेकीहरु गदगद् हुँदै वरिपरी घुमेर हेरिरहेका थिए र भन्दैथिए, यसलार्ई आँगनमै किरा पर्न दिने कि ?
कथा सायद चानुवा तिरैको होला ।।। प्रयास राम्रो छ ।।। पि ए साब को ।।