हराउँदै परम्परागत पहिरण

विराटनगर । मिथिलाको परम्परागत पोशाक र पहिरन अचेल लोप हुन थालेका छन् । पहिचानको आधारमध्ये प्रमुख रुपमा रहेको परम्परागत मिथिला पोशाक र पहिरन आधुनिकताको कोपभाजनमा पर्दा लोप हुन थालेका हुन् । दिनानुदिन मिथिला समाजमा बढ्दै गएको आधुनिकीरणको प्रभावमा परी लामो इतिहास बोकेको परम्परागत मिथिलाको पहिरन हराउन थालेकोमा संस्कृति संरक्षणमा लागेकाहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।

गाउँमा आत्मनिरर्भ अवस्था नहुनु र जीवनयापनका लागि आत्मनिर्भर बन्न दिनहँु सहरतर्फ हुने गरेको आगमन कै कारण मिथिलाको परम्परागत पहिरन हराउन थालेको समाजका अगुवाहरूले बताएका छन् ।

मिथिला समाज कृषि पेशा वा गृहस्थीमा नै बढी आत्मनिरर्भर रहेता पनि नेपालमा कृषि क्षेत्रबाट जीविकोपार्जन गर्न समस्या हुनथालेपछि बढ्दो युवाहरु सहरतर्फ पलायन हुने क्रम बढेको छ । जसले गर्दा मिथिला समाजकोे रहनसहन, लवाइ खुवाइमासमेत प्रभाव गर्न थालेको मैथिली अभियन्ता प्रविननारायण चौधरी बताउँछन् ।

अहिले मिथिलामा पुराना पहिरनहरू बिस्तारै समाजबाट हराउन थालेको छ । सहरीकरण बढ्दै जाँदा सहरले अंगालेको पचिश्मी संस्कृततिको प्रसार र आधुनिताको होडले गर्दा मिथिलाञ्चलका नारीहरूले लगाउने पुरानो गहनासमेत अचेल हराउन थालेको छ । पुरानो गहनाहरू अचेल बिरलै देख्न पाइन्छ । बजारमा पाउने गरिएको नयाँ नयाँ गहनाको कारणले पुराना गहनाहरू बिस्तारै लुप्त हुन थालेको छ । मिथिलाका नारीहरू परापूर्व कालमा कपालमा मंगटिका, नाकमा नथिया, नथ वा छक, गर्धनमा हंसुली, घाँटीमा पुरानो पैसाको माला, आंैलामा औंठी पाउमा कडा अथवा छरा, ठेसा, कानमा बाली लगायतका गहनाहरू लगाउने गरिएको थियो । तीमध्ये अहिले केही गहनाको प्रयोग मिथिलाका महिलाले गर्ने गरेको पाइएको छ ।

अहिले पनि गाउँमा बसोवास गर्ने केही मिथिला महिलाहरूले आंशिक रुपमा लगाउने गरेको पाइएको छ । परापूर्व कालमा लगाउने गहनाहरूमध्ये अहिले गहनाहरू महिलाहरू लगाउने छाडेका छन् । मिथिलामा गहनाको प्रयोगमासमेत परिवर्तन आएको छ ।प्राचीनकालमा आभुषणका रुपमा फूलका विभिन्न किसिमका वृताकार गहनाहरू लगाउने प्रचलन जंगलमा बस्ने ऋषि पत्नीहरूको थियो । त्यसै समयमा रानाही मणि, लाल र सुनका बहुमुल्य गहनाहरू लथगाउँथे । त्यतिखेर सुन दुर्लभ र अमूल्य द्रव्य थिएन । तर, मणि, लालहरि आदिको निकै जगजगी हुने गर्दथ्यो । तत्कालीन राजा महाराजाहरूका खजनामा यी आभुषणहरूको छुट्टै भण्डार हुन्थ्यो । खजानामा भएको आभूषण नै उक्त राज्यको समृद्धिका प्रतीक मानिन्थ्यो । अहिले आएर सुनको मूल्यमा भइरहेको वृद्धिको कारणले गर्दासमेत महिलाहरूले गहनाप्रति त्यति चासो राख्न छोडेका छन् ।

वर्तमान अवस्थामा सस्तो तथा भरपर्दो रुपमा रहेको सिटी गोल्डतर्फ मिथिलाका महिलाहरू आर्कर्षित हुन थालेका छन् । मिथिला संस्कृति, रहनसहन तथा संस्कृतिको क्षेत्रमा सक्रिय भएर लामो समयदेखि काम गर्दै चौधरीले आत्मनिरर्भर बन्न मिथिला समाजमा बढ्दै गएको शहरीकरणले बाधा गरिरहेको र त्यसले पहिरनको पहिचान हराउँदै गएको बताए । उनले मिथिला समाजमा आधुनितातर्फ जाने होडवाजी चलेका कारण परम्परागत पहिरन तथा पुरानो गहना हराउन थालेको सुनाए । मिथिलावासीको प्रमुख जीविकोपार्जन गर्ने माध्यम गृहस्थी पेशामा सरकारी निकाय उदासीन रहेको आरोप पनि उनले लगाए ।

महेन्द्र नारायण ठाकुर पराम्परागत पहिरन नै मुलुकको संस्कृति गहना रहेकाले त्यसतर्फ सबकोै ध्यान जान जरुरी रहेको बताउँछन् । महिलाहरूले गलामा लगाउने गरेको हसुली, ठेसा, नथिया र रुपैयाँको माला अहिले बिरलै हेर्न पाइन्छ । ठाकुरले भने –‘मिथिलाको परम्परागत पोशाक हराउनुको प्रमुख कारण नै आर्थिक समस्या हो ।’

उनले परम्परागत पहिरनलाई नियमित गर्दा खर्चिलो हुने र आधुनिक पोशाक टिकाउ र सस्तो पर्ने भउकोले परम्परागत पहिरन लोप हुँदै गएको अनुभव सुनाए ।

युवा पुस्ताले आपना संस्कृति प्रति जागृत नहनु र अभिभावकसमेत आधुनिकतामा आकर्षित भएकोले भावी पुस्ताहरु आफ्नो सांस्कृतिक र परम्परागत पोशाकको बारेमा अनविज्ञ हुन थालेकोमा उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

बिहिबार, १३ बैशाख, २०८१, बिहानको ०९:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर