कतारका राजा नेपाल भ्रमणमा आउने भएपछि मंगलवार सार्वजनिक बिदा

काठमाडौं । कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

कतारका अमिर(राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन्।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङ आउँदा पनि सार्वजनिक बिदा दिइएको थियो।

सोमबार, १० बैशाख, २०८१, दिउँसोको ०३:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर