सम्पादकीय
नेपालमा मात्रै नभएर विश्वमा यौन हिंसाका घटनाहरु बढीरहेका छन् । यौन हिंसाकै कारण धेरै महिलाहरु पीडित र प्रताडित हुनु परेको छ । धेरैले न्याय पाएका छैनन् । धेरैले न्यायका लागि लामो कष्ट खेपेका छन् । कतिपय न्यायको ढोकासम्म पुग्नै पाउँदैनन् । कतिपयले घटनास्थलमै ज्यान गुमाउनु परेको छ । महिलामाथि हुने यौन हिंसा अचाक्ली बढिरहँदा नेपालमा पनि त्यसविरुद्ध राज्यले कडा कानून बनाएर लागू गरेको छ । तर, पछिल्लो एउटा घटनाले भने वैवाहित महिलाले नै केही विद्यार्थी युवामाथि यौन हिंसा र बार्गेनिङ गरेको घटना सार्वजनिक भएको छ ।
केही वर्षअघि सप्तरीको ग्रामीण क्षेत्रबाट विराटनगरमा पढ्न आएका १९वर्षे किशोरको मोवाइलमा मिसकल आयो । नचिनेको नम्बरबाट आएको फोन फर्काएका ती युवकको अवस्था झण्डै बिजोक हुनपुगेको थियो । ती महिलाले कहिल्यै नदेखेको र नचिनेको व्यक्तिलाई मिसकल गरेको र कलब्याक गरेपछि बोल्दैजाँदा उनीहरुबीच दुई वर्षसम्म प्रेम सम्बन्ध भएको थियो । महिलाले विराटनगर पढ्न आएका किशोरलाई प्लेन चढाएर काठमाडौंसम्म पु¥याएर घुमाउने गरेको पीडित किशोर नै बताउँछन् ।
त्यसक्रममा ती महिलाले युवासँग यौन चाहना पुरा गर्थिन् । जब युवाको पढाइ सकियो त्यसपछि बाहिर जाने तयारी गरे । तर उनलाई ति महिलाले निरन्तर भेट्न बोलाउन थालिन् । युवाले ती महिलाको कुरालाई बेवास्ता गरेर घरमा बस्न थाले । तर, महिलाले पुरानो भिडियो र फोटाहरु अभिभावकलाई पठाइदिन्छु भन्दै ब्ल्याकमेल गर्न थालिन् । त्यसपछि ती युवाको करियर नै जोखिममा पर्ने खतरा बढेको छ । समाजिक सञ्जालबाट चिनजान भएकी एक महिलाबाट अर्का युवक पनि यस्तै प्रकृतिको यौन शोषणमा परेका छन् । सामाजिक सञ्जालबाटै यौन प्रस्ताव गरेकी ति महिलालाई युवाले भेट्न पुगे । हरेक दिनजसो महिलाकै घरमा भेट्न गएका युवालाई दुई महिनापछि भने समस्या आइलाग्यो । ति महिलाले भनिन् म गर्भवती भएँ । तर, महिलाले यो कुरा ति युवासँग पैसा माग्नका लागि मात्रै गरेको बाहना थियो । उल्लेखित दुई पात्र जस्तै धेरै युवाले आफूहरु यौन शोषणमा परेको बताउन थालेका छन् ।
महिलाहरुको यौन शोषणमा परेर आफ्नो भविष्य नै दाउमा पारेका त्यस्ता युवाहरुको उद्धार गर्नु जरुरी छ । उनीहरुलाई त्यस्तो धन्दामा लगाउने महिलाहरुमाथि कारबाही गर्न पनि आवश्क छ । यसअघि पनि प्रहरीले हनिट्र्यापमा पारेर लाखौं रकम असुल्ने महिलाहरुलाई पक्राउ गरेको थियो । विराटनगरमै पनि यसखालका घटना फाट्टफुट् भइनै रहेका छन् । प्रहरीले सुक्ष्म अनुसन्धान गरेर ती युवालाई जस्तै यौन चाहना पुरा गर्ने र युवालाई ठग्ने बलात्कारी महिलाहरुलाई पनि कानूनी कारबाहीमा ल्याउनु जरुरी छ ।