श्रमिकको दैनिकीमा ध्यान दिन उपराष्ट्रपतिको आग्रह

काठमाण्डौ । उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले कोरोनाका कारण श्रमिकको दैनिकी कठिन बन्नथालेको भन्दै श्रमिक वर्ग लक्षित नीति तथा कार्यक्रम ल्याउन सरकारलाई आग्रह गर्नुभएको छ ।

मई दिवशको सन्दर्भमा शुभकामना व्यक्त गर्नुहुँदै उपराष्ट्रपति पुनले श्रमिक मजदुरहरुको हकहितका लागि संवैधानिक व्यवस्थाहरुलाई प्रभावकारी बनाउँदै कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो ।

उपराष्ट्रपति पुनले कोरोनाले अन्तराष्ट्रिय श्रम बजारमा धेरै नेपालीहरुले रोजगार गुमाउन सक्ने भएकोले त्यसबाट पर्ने असर न्यूनीकरण गर्ने तर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

शुक्रबार, १९ बैशाख, २०७७, बिहानको १०:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर