प्रभाकरको पहलमा १० दिनमा अस्पताल निर्माण

काठमाडौं । मेहनतपूर्वक काम गरे विकासको काम गर्न धेरै समय लाग्दैन भन्ने उदाहरण पूर्वी रुकुमका जनताले नेकपाका स्थायी समिति सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकरको नेतृत्वमा देखाएका छन् ।

कोरोना संक्रमितको उपचारका रुकुममा १० दिनमै अस्पतालमा बनाएर नविनतम् उदाहरण नेता शर्माको नेतृत्वमा बनेको हो ।

रुकुमको आठबीसकोट नगरपपालिकामा ८ कोठे आइसोलेसन कक्षसहितको भवनको जाग खन्ने काम १० अगाडि सुरु भएको थियो । १० दिनमै जग खनेर सुरु भएको भवनको काम सम्पन्न गरी अस्पताल तयार गरिएको छ ।

कोरोना महामारी नियन्त्रणका लागि उक्त आइसोलेसन भवन बनाइएको हो। जनश्रमदानमा शर्मा आफैं सक्रिय हुनुभएको थियो । शर्माको नेतृत्वमा गाउँपालिकाको समन्वय तथा जनश्रमदानमा उक्त अस्पताल भवन श्रम सहकारीले बनाएको हो।

अस्पतालमा ६ विशेष र एक नर्मल वार्ड छन् । अस्पतालका ६ वटा कोठामा एटेच बाथरुम, एयर कन्डिसन सुविधा, तातोपानी आउने प्रविधि र भाइटल साइन मनिटर जडान गरिएको छ ।

अस्पताल निर्माणका लागि ८९ लाखको डिजाइन स्टिमेट गरिएकोमा ७५ लाखमा निर्माण सकिएको छ । कोरोना अस्पताललाई यसपछि सबै सरुवा रोगको उपचारमा प्रयोग गर्ने अस्पतालको रुपमा परिणत गर्ने नगरपालिकाको योजना छ । अस्पतालमा बिरामी भर्नाका लागि अस्पताल तयार भएसँगै ३ वटा मेडिकल टिम तयारी अवस्थामा राखिएको छ ।

रुकुमकै मुसीकोटमा पनि १० बेडका अट्याच बाथरुमसहितको अस्पताल भवन शर्माकै पहलमा बनेको छ । १० दिनमै निर्माण सक्ने लक्ष्यका साथ निर्माण शुरु भएका ती भवनहरुको काम पनि एक सातामा सकिने सांसद शर्माले बताउनुभयो ।

चौरजारीमा पनि प्रिफ्याबको भवन बन्दै गरेको शर्माले बताउनुभयो । अस्पतालको लागि सामानको व्यवस्थापन सबै शर्माले नै गर्नुभएको थियो । गृहजिल्ला पुगेर भवन निर्माण शुरु गरेका नेकपाका स्थायी समिति सदस्य शर्मा पार्टीभित्रको विवाद उच्च तहमा पुगेपछि काठमाडौं आउनुभएको छ । काठमाडौंबाट अस्पतालको लागि आवश्यक सामान व्यवस्थापनको काम गरिरहेको शर्माले बताउनुभयो ।

आइतबार, १४ बैशाख, २०७७, साँझको ०६:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर