विराटनगर । नेकपा विरानगर महानगर पालिका ४ नम्वर वडा समितिको संयोजनमा वडाका विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।
वडाकै बासिन्दा नेकपा विराटनगर महानगर कमिटि सदस्य युवराज बरालको रेश्मा डिप वोरिङ ट्युवेल उद्योगको सहयोगमा शुक्रबार राहत वितरण गरिएको हो ।
नेकपा ४ नं. वडा कमिटिको संयोजनमा वडाका अति विपन्नहरूलाई राहत वितरण गरेको वडा कमिटिका ईञ्चार्ज विनोद घिमिरेले जानकारी दिनुभयो । ईञ्चार्ज घिमिरे, वडाअध्यक्ष जितन थापा, वडाका जनप्रतिनिध तुलसी घिमिरेलगायतले १६० परिवारलाई राहत वितरण गर्नुभयो ।
खार्जीस्थित ट्युवेल उद्योगको प्राङ्गणबट प्रतिपरिवार १० केजी चामल, १ केजी दाल, १ केजी नुन र एक प्याकेट तेल वितरण गरिएको हो ।