समाधानका कुरा गरौं अनि समाधानको खोजि गरौं

संसारमा भएका हरेक भोकमरी र संकटले मानवजातिलाई रुपान्तरणका बाटाहरु दिएकाछन् । आबिष्कारहरुको ढोका खोलेकाछन् अनि मान्छेलाई एककदम अगाडी बढाएकाछन् । ईतिहासका पानाहरु परिवर्तनका कथाहरु र हरेक आबिष्कारका पछाडी धेरैधेरै संकटकालका कथाहरु जोडिएकाछन् । हामी अगाडि जाने हो भने ति कथाहरु र सिकाईहरुको एक सानो छेउको भएपनि मनन गर्नुपर्छ । हाल संकटकाल चिलरहेकोछ । मानिसहरु घरघरमा सिमित छन र धेरै समय समाजिक संजालहरुमा बितिरहेकोछ । तिलस्मि कथा र अपत्यारिला समाचारहरुले रंगिएका आजकलका समाजिक संजालका भित्ताहरुको प्रभाव होला आजकल हामी सबै तिलस्मी कथाहरु र योजनाहरुका कुरा गरिरहेकाछौं । धरातलीय यथार्थमा आँखा चिम्लिएर आकास पताल जोडने कुरा गर्छौं र त्यसै अनुसारका सल्लाहहरुको बाढि लगाउछौं । अनि जब त्यो योजनाको पटाक्षेप हुन्छ अनि दोष जति अर्काको टाउकोमा थोपरेर पानिमाथीका ओभानो हुनखोज्छौ । अनि त्यसबाट सृजित असफलताले अनेकौ नकारात्मक कृयाप्रतिकृयाहरु जन्माउछ र केहि समय हामी त्यसैमा रन्थनिन्छौ अल्मलिन्छौ ।

आजसम्म कुनै संसार नकारात्मक सोचले र कामले न बनेकोछ न बनाईएकोछ । हरेक ब्यवस्थित र बिकसित देशहरु त्यो देशका मान्छेहरुको सकारात्मक सोच, सामुहिक योगदान, एकअर्कालाई दोष दिने होईन जसअपजसमा भागिदारी लिने र लगातारको प्रयासबाट मात्र बनेकाछन् । त्यसको प्रस्थानबिन्दु भनेकै सकारात्मक सोच र त्यो प्राप्त गर्न आफुले गर्ने योगदान हो । यो कशौटिमा हामीले आफनै स्वमुल्याङ्कन गरौ । सुधारको थालनी हामीले आफैबाट थाल्ने हो । मैले के जानेको छु ? मैले हिजो के गरे र आज के गरिरहेकोछु मेरो ज्ञान र अनुभवले कुन समस्याको के समाधान दिनसक्छ । मैले भन्ने गरेको कुराहरु मलाईनै जिम्मेवारी दियोभने मैले गर्नसक्छु । यि अथवा यस्तै कुराको सेरोफेरोमा हामीले आआफुलाई स्वमुल्याङ्कन गरौ । यो सकारात्मक सोचाईको पहिलो चरणहो । जव यो स्वमुल्याङ्कनमा आफुलाई हामीले अब्बल ठान्छौ, हामीलाई साच्चै लाग्छ मसंग समाधान छ, मेरो समाजलाई मेरो देशलाई योगदान गर्नसक्ने कुरा म संग छ अनि बल्ल सललहहरुको बाढि लगाईदिउ, अरुलाई सल्लाह दिन थालौ । ताकि त्यो कामको जिम्मेवारी पाएकाहरुले तपाईका ज्ञान र अनुभवबाट सृजित सल्लाहबाट आफनो कामको प्रष्ट रेखाचित्र कोर्न सकुन् ।

म मेरै कामको वरिपरीबाट सुरुगर्न चाहान्छु । कृषि बिकासको एउटा मुल जिम्मेवारो पाएको संघिय कृषि तथा पशुपन्छी बिकास मन्त्रालय र प्रदेशहरुका भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयहरु अझैपनि तहसनहस पारिएको आफनो सांगठानिक संरचना जोडजाम गर्ने र यसका सेवाग्राही किसान र कृषि कर्मसंग जोडिन प्रयास गर्दैछ । प्रदेश मन्त्रालयहरु र स्थानिय निकायहरुको अवस्था अहिले पनि दयनिएछ । बितेको २-३ बर्षमा सरोकारवालाहरुसंगका हाम्रा संपर्क र लिन्केजहरु भताभुङ्ग भएकाछन । सुचनाका र संगठानिक संपर्कहरु छिन्नभिन्न भएकाछन् । हामी बिस्तारै तिनिहरुलाई जोडदै जादैछौ । हाम्रा बीउ उत्पादकहरु, बोटबिरुवा नर्सरीहरु, श्रोतकेन्द्रहरु मात्र होईन किसानहरुले खोजिरहेको प्रविधिक सेवा पुर्याउने जनशक्ति पनि कमजोर भएकोछ । तर पनि हामीहरु तंग्रिन प्रयास गरिरहेकाछौ । बिभिन्न सरोकारवालाहरुसंगको सहकार्यमा रसायनिक मलहरु र अन्य कृषि सामाग्रीहरुको आपुर्ति ब्यवस्था र सेवा प्रबाहलाई जोडन प्रयास गरिरहेकाछौ । किसानका खेर जानलागेका कृषि उत्पादनहरु बजार र उधोगहरुसंग जोडीरहेकाछौ । यसले एउटा खाका ग्रहण गर्दैछ र आगामी दिनहरुमा यसको प्रतिफल देखिनेछ ।

फोटोहरु : कटहरीमा किसानको खेतमा रहेको गोलभेडा र बिराटनगरमा थालिएको तरकारी थोकबिक्रि कक्ष

देश कोरोना भाईरसको महामारीसंग जुद्दै आगामि बर्षका लागि कार्यक्रम बनाउने तयारी गरिरहेकोछ । बितेका केहि हप्ताहरुमा देशैभरी कृषि बिकासमा कार्यक्रमहरु र सरकारी रणानिति के कस्तो हुनुपर्छ भनेर छलफल, लेखरचना र सुझावसल्लाहरुको बाढि लागिरहेकोछ । सबै भन्दाधेरै सुझाव सल्लाहहरु ओईरिएकाछन छन् , यो गरौ उ गरौ, यस्तो गरौ उस्तो गरौ भनेर । यस्ता सुझावहरुमा धेरैजसो जो वास्तविकरुपमा माटोमै छ उसका समस्याहरु जोडिएका हुदैनन् । किसान किन खेतीबाट बिरक्तिएको छ भन्ने कुराको धेरैलाई चासो छैन । किन खेतबारीहरु बाँझिदै जादैछन त्यो पनि धेरैलाई मतलव छैन । अहिले देशैभरी किसानहरु आआफना बालिबस्तु, दुध, कुखुरा बिक्रि गर्न नपाएर रोईरहेकाछन् । हिजोका तिनै किनिखानेहरु ल्याउ तिम्रा उत्पादनहरु हामी हिजोभन्दा धेरै खपत गर्छौ । भनिरहेका छैनन् । तर हाम्रोमा फलेन, फलाईएन, कृषिबस्तुको आयात बढयो भनेर कोकोहोलो गाईरहेकाछन् ।

संकटले अवसरहरु ल्याउनेगर्छ । सकारात्मक सोच्ने हो भने लौ न आजै देखि पाएसम्म ‘म मेरै देशबासीको पसिना र मेरै देशमा फलेको कृषिबस्तु, तरकारी, दुध, मासु उपभोग गर्छु’ भनेर अठोट गरौ र किनिदिन थालौ । हामीले संकटको बेला किसानहरुलाई दिएको आडभरोसाले माटोमा खेलेर हाम्रालागि उत्पादन गर्दैआएका देशै भरीका किसानहरुले राहत पाउनेछन, उत्पादन बेचेर आएको पैसाले फेरि अर्को सिजनको उत्पादन गर्नलाई सघाउ पुर्याउनेछ । अनि कृषिकर्मले निरन्तरता पाउनेछ । नत्र त फेरी हजारौ किसानहरु यो क्षेत्रबाट पलाएन हुनेछन् । हाम्रा सतहि सुझाव सल्लाह र योजनाहरु फेरिपनि कागजमै सिमित हुनेछन् ।

सल्लाहहरु सिमित गरौ र समाधान पस्कौ । कितावका ठेलिहरुमा पढेका होईन, आफना अनुभव र आफुले गरेका कामबाट बिगतमा प्राप्त गरेका उपलब्धीहरुमा आधारित रहेर मैले यो काम यसरी गरेर यो प्रतिफल प्राप्त गरेकोथिए, यो अहिले पनि मद्दतगार हुनसक्छ भनेर दिनुहोस । मेरो कुराले यी यी समाधानहरु दिनसक्छ भनेर बस्तुनिष्ठ सुझावहरु दिनुहोस ताकि ति तुरुन्त कार्यान्वयन गर्नसकियोस, कहि समस्या आयो भने सुझावदिनेसंग तुरुन्त समाधान खोज्नसकियोस । नत्र त हामीले ठूलाठूला ठेलिका APP (Agriculture Perspective Plan)  र ADS (Agriculture Development Strategy) लगाएतका धेरै योजनाका ठेलिहरु हामीसंग थिए र छन् तर तिनको कार्यान्वयनको हविगत हामी धेरैलाई थाहैछ । त्यसैले समाधान बन्ने हो भने ‘स्वदेशी उत्पादनको ग्राहक बनौ, नेपाली किसानका उत्पादनहरु प्राथमिकतामा राखेर किन्न थालौ, हिजो दुध मासु अण्डा खाईरहेकाहरु त्यसरीनै खादै जाँउ’ ताकी बजारको माग कम नहोस र किसानहरुको पसिना र लगानि खेर नजावस । नत्र त सल्लाहको बाढि बगाउनु र राष्ट्रियताको कोकोहोलो गाउनुको के मतलव भयो र आउनुहोस सानो भएपनि समाधान बनौ ।।

शुक्रबार, १२ बैशाख, २०७७

प्रतिक्रिया:

सम्बन्धित खवर