काठमाण्डौ । बढी मूल्य लिएर नुन बिक्री गर्ने काठमाण्डौका एक व्यापारीलाई सरकारले २ लाख जरिवाना गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्य भन्दा बढीमा नुन बिक्री गर्ने काठमाण्डौ इमाडोलको कटुवाल स्टोर्सलाई २ लाख जरिवाना गराएको हो ।
विभागको टोलीले गरेको अनुगमनका क्रममा व्यापारीले उपभोक्तासँग नुनमा तोकिएको भन्दा बढी मूल्य लिएको फेला पारेको थियो । कटुवाल स्टोर्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम जरिवाना गरेको विभागले जनाएको छ ।