जनता समाजवादी पार्टीका नेताहरु निर्वाचन आयोगमा

विराटनगर । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता भएर बनेको जनता समाजवादी पार्टी दर्ता गर्न नेताहरु निर्वाचन आयोगमा पुगेका छन् ।

बुधबार मध्यराती दुई पार्टी एकीकरण गर्ने समझदारीमा हस्ताक्षर गरेपछि कार्यालय खुल्नासाथ नयाँ दल दर्ताका लागि नेताहरु आयोग कार्यालयमा पुगेका हुन् ।

जनता समाजवादीका नेता राजेन्द्र श्रेष्ठले हिजोको सहमतिअनुसार नयाँ दल दर्ता गर्न आफू लगायतका नेताहरु आयोग आइपुगेको सञ्चार माध्यमहरुलाई जानकारी गराउनुभएको छ । दल दर्ता गर्न उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायतका नेता पनि आयोगमा पउपस्थित भइसक्नुभएको छ ।

पार्टीका नेता केशव झाले निर्वाचन आयोगका सचिवलाई दल दर्ताको निवेदन बुझाइसकिएको र आयोगले आफ्नो काम गरिरहेको जानकारी दिनुभयो ।

बिहिबार, ११ बैशाख, २०७७, बिहानको ११:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर