काेशी प्रदेश: मुख्यमन्त्री थापाले भदाै ३ गते विश्वासकाे मत लिन संसद सचिवालयमा दिए निवेदन

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री उध्दव थापाले भदाै ३ गते विश्वासकाे मत लिने समय निर्धारण गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् ।

`नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री उद्धव थापाले धारा १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेश सभाबाट बिश्वासको मत चाहेकोले मिति २०८०/०५/०३ गतेको कार्यसूचीमा समावेश गर्ने गरी प्रदेश सभा २०७४ (पहिलो संशोधन सहित को नियम १२८ को उपनियम (१) र (२ बमोजिम वासको मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धी सूचना दिएको छु,´ थापाले दिएकाे निवेदनमा उल्लेख छ ।

थापाले आज अपरान्ह सचिवालयमा निवेदन दिएका हुन् । थापा गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

सभाकाे बैठक आज बस्दै

काेशी प्रदेशसभाकाे बैठक आज बस्दैछ । दिउँसाे १ बजेका लागि बाेलाईएकाे बैठककाे तीनवटा कार्यसूची निर्धारण गरिएकाे छ ।

जसमा निर्वतमान सभामुख बाबुराम गौतमले दिएको राजिनामा पत्रको जानकारी गराउने, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद बिस्तार सम्बन्धी पत्र बाचन हुने र प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ८१ को उपनियम ( १ ) बमोजिम “प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश” र “आर्थिक बर्ष २०८०/८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम बिनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश” अस्वीकृत गर्ने सम्बन्धमा परेको सूचनामा छलफल भई अध्यादेश सम्बन्धमा निर्णय हुने रहेका छन् । प्रदेशसभाकाे बैठक गत असार १५ षते स्थगित भएकाे थियाे ।

शुक्रबार, ०१ भदौ, २०८०, दिउँसोको ०१:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर