विराटनगर । कोशी प्रदेशको मुख्य न्यायाधिवक्ता नियुक्त भएका अधिवक्ता बुद्धिबहादुर कटुवालले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।
मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङबाट मुख्य न्यायाधिवक्ता नियुक्त भएका कटुवाललाई उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारूले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा मुख्यन्यायाधिवक्ता नियुक्त भएका गजेन्द्र आचार्यले प्रदेश प्रमुख खापुङसमक्ष गत असार २२ गते पदबाट राजीनामा दिएका थिए । मुख्यमन्त्रीको सिफारिसमा मुख्यन्यायाधीवक्ता नियुक्त हुने संवैधानिक व्यवस्था अनुसार कटवाल नियुक्त भएका हुन् ।
सुनसरीको वराहक्षेत्र नगरपालिका ३ का अधिवक्ता कटुवाल नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत हुन् ।