भण्डारीको ओलीलाई प्रश्न : देशलाई अप्ठ्यारो परेको बेला संसद् किन अवरुद्ध हुन्छ ?

काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले जब जब नेपाललाई अप्ठ्यारो परेको छ तब तब संसद् बन्द हुने गरेको इतिहास रहेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीसङ कुराकानी गर्दै सांसद भण्डारीले भ्रष्टाचारका ठुला काण्ड हुँदा सदन अवरुद्ध हुने गरेको चर्चा गरे ।

उनले भने ‘ अहिले नेपालमा ठुला ठुला भ्रष्टाचारको काण्ड सार्वजनिक हुँदा नेपालको सदन बन्द भएको छ । त्यसैले नेपालका पार्टी भित्र जहाँ सही कुरा तिर नेपाल अगाडि बढ्छ त्यसलाई काम गर्न दिँइदैन् । प्रतिपक्षी दलका नेता केपी ओलीलाई पनि म यो भन्न चाहन्छु । ’ सांसद भण्डारीले राम्रो काम होस भ्रष्टाचार नहोस् भन्ने कुरामा समय धेरै गएको र यसप्रति युवाहरूको असन्तुष्टि देखिनु स्वाभाविक भएको बताए ।

उनले भने ‘ यो देशमा नेताहरूले राम्रो काम गरेको भए आज युवा जति विदेश जान्थे त रु नराम्रो भित्र राम्रो खोजेको हो निरु राम्रो त गर्दै गरेनन् निरु यो मुलुकमा त । ’

सांसद भण्डारीले ललिता निवास र सुन काण्डको केही कुरा मात्र सुरु भएको बताए । उनले राजनीति भनेको टु प्लस टु फोर भनेको जस्तो हैन निरु म्याथम्याटिक्स हो र रुभन्दै प्रश्न समेत गरे ।

सोमबार, २९ साउन, २०८०, साँझको ०५:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर