विराटनगर । प्रतिनिधिसभाको बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु आसनबाट उठेर आज पनि विरोध जनाएका छन ।
एमाले सांसदहरु उठेपछि सभामुखले कांग्रेस सांसद सुनीलकुमार शर्मालाई बोल्न समय दिएका थिए भने अरु सांसदलाई बस्न अनुरोध गरेका थिए । तर एमाले सांसदहरु सभामुखको आग्रहलाई बेवास्ता गर्दै उठिरहे ।
कांग्रेस सांसद शर्माले आफ्नो कुरा राख्ने क्रममा राज्यसत्ताले विना पुर्जी पक्राउ गरेको भन्दै पक्राउ गरेपछि पनि आफूमाथि दुर्व्यवहार भएको गुनासो गरे । उनले आफ्नो पक्षमा बोलिदिने सबै पार्टीका सांसदहरुलाई धन्यवाद व्यक्त गरे ।