काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ । आज बालुवाटरमा बसेको पदाधिकारीको बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
जनमत पार्टीलाई सरकारमा भित्र्याउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री मोदीलाई फिर्ता बोलाएका हुन ।
। असार अन्तिम साता माओवादीको कोटामै जनमतलाई भित्र्याउने सत्तागठबन्धनमा सहमति भएको थियो । जनमत पार्टीले अनितादेवी साहको नाम २६ असारमै सिफारिस गरेको छ ।