काठमाडौं। नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामा नराख्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतले थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गरेको हो। न्यायाधीश दण्डपाणि शर्माको इजलासले सांसद शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान अघि बढाउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईब) लाई आदेश दिएको हो।
नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले बिहीबार पक्राउ गरेको थियो । एमबीबीएस अध्ययनका लागि आइएस्सीको नक्कली प्रमाणपत्र प्रयोग गरेको आरोपमा छानबिनका लागि उनलाई सीआईबीले बिहीवार काठमाडौंको गोल्फुटारको घर बाट पक्राउ परेका थिए । नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा अहिलेसम्म शर्मा सहित ८ जना पक्राउ परेका छन् ।
नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा पक्राउ पर्नेमा शर्मा सहित ८ जना पक्राउ परेका थिए । यसअघि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा डाक्टर बनेको आरोपमा मनित चौधरी, श्रद्धा शिल्पकार, रामबाबु यादव, रञ्जित यादव, एलिना साह र अमित चौधरी पक्राउ परेक थिए।