सुनिल शर्मालाई म्याद थपका लागि अदालत लगिदैं

विराटनगर । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेका प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्मालाई म्याद थपका लागि अदालत लगिदै छ ।

अदालत लानु अगाडी शर्मालाई सरकारी वकिलको कार्यालयमा पुर्‍याइएको थियो । प्रहरी भ्यानमा बाट ओर्लेर शर्माले अभिवादन गरेका थिए ।

एमबीबीएस अध्ययनका लागि आइएस्सीको नक्कली प्रमाणपत्र प्रयोग गरेको आरोपमा छानबिनका लागि उनलाई सीआईबीले बिहीवार काठमाडौंको गोल्फुटारको घर बाट पक्राउ परेका थिए । नक्कली शैक्षिक प्रमाणपत्रको कसुरमा अहिलेसम्म शर्मा सहित ८ जना पक्राउ परेका छन् ।​

शुक्रबार, २६ साउन, २०८०, दिउँसोको ०३:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर