प्रतिनिधि सभाको भागबन्डाको सिकार राष्ट्रिय सभा नहोस् : सांसद देवकोटा

काठमाडौँ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले, सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न उपयुक्त हुने बताएका छन् ।
राष्ट्रिय सभाको बुधवारको बैठकमा, उनले छानबिन समिति गठनको माग जायज भए पनि सदन नै अवरुद्ध गराउनु पर्ने अवस्था नभएको दाबी गरे ।
‘सरकारले पनि छानबिन गरिरहेको छ ठिक छ । तर संसदीय समितिले छानबिन गरेर पनि त्यो दिने सरकारलाई नै हो । त्यसैले यो सत्ता पक्ष यो कुराबाट भाग्नुपर्छ जस्तो मलाई लाग्दैन । यो विषय जायज छ छानबिन समिति बनाउनुपर्छ । ’ उनले भने ‘पटक पटक संसद्  अवरोध गरेका छन् । प्रतिनिधि सभामा भागबन्डा मिल्दैन अनि त्यसको सिकार राष्ट्रिय  सभा भएको छ । प्रतिनिधि सभामा विवाद हुन्छ अनि त्यसको खाँबो चिथर्ने काम हुन्छ । यो नहोस् । ’

उनले वार्षिक क्यालेन्डर बनाउन उनको माग गरेका छन् । ‘मलाई कति समय दिनुभएको त्यो समय पनि डिस्प्ले हुनुपर्छ यहाँ र सेकेन्डका आधारमा घट्दै आएर शून्यमा झरोस् अनि बस्छु । समय सक्यो भन्नु नि पर्दैन । काखा पाखा नि   । राष्ट्रिय सभामा सांसदको वार्षिक क्यालेन्डर बनाउन पनि अनुरोध गर्छु । ’

बुधबार, २४ साउन, २०८०, दिउँसोको ०४:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर