घाइतेको उपचार गर्ने गृहमन्त्री श्रेष्ठको प्रतिबद्धता

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तामाङ र मगर समुदायको धर्नामा भएको प्रहरी हस्तक्षेपप्रति दु ख व्यक्त गरेका छन् ।

घटनाको गम्भीर अनुसन्धानगरी दोषी प्रहरीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका छन । उनले घाइतेको उचित उपचार गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

सोमवार मन्त्रालयमा तामाङ घेदुङ र मगर संघका प्रतिनिधिहरूको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले घटनाको गम्भीर अनुसन्धानगरी दोषी प्रहरीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका हुन् । उन

तामाङ र मगर समुदायका विषयमा विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई तत्काल कारवाही गर्न उजुरी दिए पनि समयमै सुनुवाइ नभएको भन्दै साउन १७ गते नेपाल तामाङ घेदुङ संघीय समिति र नेपाल मगर संघ केन्द्रीय समितिको ब्यानरमा टेकु प्रहरी परिसर अगाडि धर्ना दिएको थियो। धर्नामा प्रहरी हस्तक्षेप हुँदा तीन दर्जन बढी घाइते भएका थिए।

सोही दिन पक्राउ परेकी अधिवक्ता पाण्डे केही घण्टामा जिल्ला अदालत काठमाडौंको आदेशले रिहा भए पनि प्रदर्शनकारीलाई प्रहरी हिरासतभित्र चरम यातना दिइएको तामाङ घेदुङ र मगर संघको आरोप रहेको छ । । घाइते आन्दोलनकारीको उपचार भइरहेको संघले जनाएको छ ।

सोमबार, २२ साउन, २०८०, साँझको ०५:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर