स्वास्थ्य र शिक्षामा नोना कोइरालाको योगदान महत्त्वपूर्ण छ: डाक्टर शेखर कोइराला

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा।शेखर कोइरालाले स्व।नोना कोइरालाले गरिब, विपन्न एवं पछाडि परेका नागरिकहरूलाई स्वास्थ्य एवं शिक्षा क्षेत्रमा महत्त्वपूर्ण सहयोग उपलब्ध गराएको बताएका छन् ।

नोना कोइराला स्मृति प्रतिष्ठानको विराटनगर–४ स्थित इक्राहीमा आयोजित साधारण सभामा उनले स्व। कोइरालाले सामाजिक न्याय, सामाजिक सुरक्षा, स्वास्थ्य, शिक्षाबाट कुनै पनि नागरिक वञ्चित नहुन भन्ने इच्छालाई प्रतिष्ठानले पुरा गरेको विचार व्यक्त गरेका छन् ।

उनले प्रतिष्ठान सेवामूलक संस्था भएकोले मुलुकलाई आवश्यक पर्ने स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्नु पर्ने आवश्यकता रहेको पनि बताए ।

उनले प्रतिष्ठानले विपद्को समस्या नागरिकहरूको घर निर्माण गर्नुका साथै खाद्यान्न, स्वास्थ्य सेवा उपलब्ध गराएको जानकारी दिँदै यस कार्यलाई सञ्चारकर्मीहरूले उचित प्राथमिकता नदिएको गुनासो पनि व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले प्रजातन्त्र स्थापना र महिलाको हक हित स्थापनामा स्व। कोइरालाको ठुलो योगदान रहेको चर्चा गर्दै समग्र देशवासीको आमाको रूपमा भूमिका निभाएको बताए ।

शनिबार, १३ साउन, २०८०, साँझको ०७:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर