लम्पी स्किनबाट नेपालमा ७ लाख ८२ हजार भन्दा बढी पशु संक्रमित

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री, वेदुराम भुसालले, पुस चौपाया देखिएको लम्पी स्किनको समस्या समाधानका लागि सरकारले आवश्यक सबै उपाय अपनाएको दाबी गरेका छन् ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा उठेको प्रश्नहरूको जवाफ दिँदै उनले लम्की स्किन रोगको नियन्त्रणका लागि मन्त्रालयबाट सम्भव नभएसम्मका सबै प्रयास गरेको बताए । ‘लम्की स्किन रोगको लागि सरकारले मन्त्रालयबाट सम्भव नभएसम्मका सम्पूर्ण प्रयास गरिएको छ । साढे दुई महिना अगाडिदेखि उपचार तथा नियन्त्रणको प्रयास भइरहेको छ । नियन्त्रणको लागि संक्रमण नभएका पशुलाई भ्याक्सिन लगाउने कार्य भएको छ । यो भ्याक्सिन हाम्रो देशमा बन्दैन । ’

लम्की स्किन हाल देशका सबै जिल्लामा देखा परेको जानकारी दिँदै मन्त्री भुसालले, आजसम्म ७ लाख ८२ हजारभन्दा बढी पशु संक्रमित भएको जानकारी दिए ।

‘अहिले गाई भैँसीलाई लाग्ने रोग लम्की स्किन रोग व्यापकरुपमा फैलिएको छ । यो रोग नयाँ प्रकारको सरुवा रोग हो । यो रोग नेपालमा पहिलो पटक २०७७ मा देखिएको थियो । यस वर्ष देशका सबै जिल्लामा यो रोग देखा परेको छ ।’ उनले भने ‘हालसम्म७लाख ८२ हजार १ ८४ पशु संक्रमति भएका छन् । संक्रमतिमध्ये २८ हजार १ पशुको मृत्यु भएको छ भने ५ लाख २१ हजार ८ सय १४ निको भएका छन् । २ लाख ३२ हजार ३ सय ९ अहिले पनि संक्रमित अवस्थामा छन् ।’

बिहिबार, २८ असार, २०८०, दिउँसोको ०३:५३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर