पारिवारिक पृष्ठभूमिमा भएको भावनात्मक विषयलाई लिएर हङ्गामा मच्चाइयो : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटा पारिवारिक पृष्ठभूमिमा भएको भावनात्मक विषयलाई लिएर हङ्गामा मच्चाइएको जिकिर गरेका छन् ।

प्रमुख तीन दलका शीर्ष नेताहरू बिच भएको सहमति पछि बसेको सङ्घीय संसद्को बैठकमा आफ्नो स्पष्टीकरण पेस गर्दै प्रधानमन्त्री दाहालले प्रितम सिंह नेपालमा कसैलाई पनि प्रधानमन्त्री बनाउने हैसियतका व्यक्ति नभएको प्रस्ट पारे ।

उनले भने ‘ यो कुरा हो २०६७—६८ सालको, त्यही क्रममा सरदार प्रितम सिंहले नेपालमा प्रधानमन्त्री त तपाई हुनुपर्छ भन्ने प्रसङ्ग उठाउनु भयो । उहाँले भनेर म प्रधानमन्त्री हुने कुरा पनि थिएन मैले उहाँलाई प्रधानमन्त्री बनाई दिनुस् भन्ने कुरा पनि थिएन । तर उहाँले भावनामा आएर तपाई हुनुपर्छ भन्नु भयो, मैले त यहाँ दिल्लीमा पनि कुरा गर्ने गरेको छु । नेपालमा पनि कुरा गर्ने गरेको छु भन्नु भएको छ । उहाँले भन्नु भयो । मैले धन्यवाद भने । तर अहिले त्यो स्थिति छैन । कुरा यति नै हो ।’
प्रधानमन्त्री दाहालले यही प्रसङ्गलाई आफूले पारिवारिक कार्यक्रममा उठाएको तर त्यसलाई गलत रूपमा व्याख्या गरिएको दाबी गरे ।

सोमबार, २५ असार, २०८०, साँझको ०५:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर