प्रधानमन्त्री दाहालको प्रश्न : प्रतिपक्षीले माग्दैमा राजीनामा दिइहाल्नु पर्ने हो र ?

काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय व्यवस्थामा प्रतिपक्षले माग्ने बित्तिकै राजीनामा दिनु पर्ने हो कि स्पष्टीकरणको अवसर पनि हुन्छ भन्दै प्रश्न गरेका छन् ।

आफ्नो विवादास्पद अभिव्यक्ति पछि अवरुद्ध भएको संसद् बैठक सोमबार बस्दा प्रधानमन्त्री दाहालले आफू माथि लागेको आरोपको प्रष्टीकरण दिएका थिए । उनले संसद्मा आफ्नो जवाफ दिदैं आफू काउन्टर एटेकका लागि नभई स्पष्टीकरण लागि उपस्थित भएको बताए ।

उनले भने ‘मैले आफ्नो कमजोरी सहज र स्पष्ट शब्दमा स्विकार्ने गरेको छु, तर मेरो राजीनामा मागेर ३ दिनसम्म संसद् अवरुद्ध गर्नु जायज हो रु’

यति गम्भीर प्रश्न उठी नै सकेपछि आफ्नो स्पष्टीकरण दिने कुरा आफ्नो व्याख्या विश्लेषण दिने अवसर सबै भन्दा ठुलो पक्ष भएको भन्दै प्रधानमन्त्री दाहालले भने ‘ अहिले माननीय सदस्यहरूले स्पष्ट पार्नु पर्दैन भनेर बडो गम्भीर ढङ्गले भनियो । सुरुदेखि स्पष्ट पार्न भनेर बसेको थिएँ तर किन संसद् अवरुद्ध गरियो । राजीनामा नआएसम्म संसद् चल्न दिइँदैन किन भनियो मैले बुझ्न सकेको छैन । ’

सोमबार, २५ असार, २०८०, साँझको ०५:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर