प्रतिनिधिसभा बैठकको अवरोध हट्ने,प्रधानमन्त्रीले सम्बोधनमार्फत स्पष्टीकरण दिने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण केही दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आजबाट नियमित हुने भएको छ ।

आईतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा संसदको गतिरोध हटाउने विषयमा सहमति भएसँगै बैठक आजदेखि नियमित हुने भएको हो ।

दाहालले गत असार १८ गते पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको भन्ने अभिव्यक्तिको बारेमा संसदमा स्पष्टीकरण दिने छन् ।

आज १ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने भएपछि केही ढिला गरी सुरु हुने संसद सचिवालयले जनाएको छ ।

आइतबार, २४ असार, २०८०, दिउँसोको ०२:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर