काठमाडौँ । उपप्रधान मन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले अहिले युवा तथा खेल क्षेत्रलाई महत्त्व दिँदै आएको बताएका छन् ।
शनिवार काठमाडौँमा आयोजित ७औ प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल उद्घाटन कार्यक्रममा उनले खेलाडीलाई सम्मान गर्ने कार्यमा वर्तमान सरकार बढी सक्रिय रहेको बताए ।
उनले भने‘ सरकारले यति वेला सुशासन समृद्धि र सामाजिक न्यायलाई प्राथमिकता सहित युवा तथा खेल क्षेत्रलाई समेत महत्त्व दिँदै आएको छ । प्रतियोगिता चलिरहेको वेला प्रधानमन्त्री तथा उपप्रधानमन्त्री सहित मैदान मै पुगेर खेलाडीहरूलाई प्रोत्साहित गर्ने कुरा होस,खेलको विकासको निम्ति पूर्वाधार विकासमा महत्त्व दिने कुरा होस विजेता खेलाडीहरूलाई सम्मान गर्ने कुरा होस यो सबै तथ्यहरूले वर्तमान सरकार बढी सक्रिय रहेको छ ।
२०७४ जेठ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले भलिबल खेललाई राष्ट्रिय खेलको घोषणा गर्दै भलिबलको विकासमा राज्यको भूमिका बढाउने निर्णय गरेको थियो ।
उक्त निर्णयले देशभरिका लाखौँ भलिबल खेलाडीहरूलाई उत्साहित तुल्याउनको साथै राष्ट्रिय गौरवमा उत्साहित गरेको उनको भनाइ छ ।